Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्थानीय सरकार तथा शिक्षकहरुलाई अभिभावक शिक्षा सम्बन्धी अभिमुखीकरण

  • 1.6K
    SHARES
  •  

    बर्दियाको गुलरियामा स्थानीय सरकार तथा शिक्षकहरुलाई अभिभावक शिक्षा सम्बन्धमा अभिमुखीकरण गराइएको छ । एक घर एक पढाई कुना प्रवर्द्धनार्थ सामुदायिक सहभागिता अभिबृद्धिका लागि स्थानीय सरकार तथा शिक्षकहरुलाई अभिमुखीकरण गराइएको हो ।


    ADVERTISEMENT

    images

    प्लान इन्टरनेसनलको आर्थिक सहयोग र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत उनिहरुलाइ एक दिने अभिमुखीकरण गराइएको हो ।

    अभिमुखीकरण कार्यक्रममा गुलरिया नगरपालिकाका १० ओटा माध्यमिक विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि विषयगत शाखा प्रमुख गरी करिब ६० जनाको उपस्थिति रहेको बाँके युनेस्को क्लब बर्दियाका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताउनु भयो ।

    कार्यक्रममा बालकालिकाहरूको अधिकार, अभिभावक तथा शिक्षकको जिम्मेवारी, विद्यालयमा पढ्ने वातावरणका साथै व्यवस्थापन पक्षका बारेमा अभिमुखीकरण सहित छलफल गरिएको थियो । कार्यक्रम को सहजीकरण नेपाल करियर ट्रेनिङ फाउन्डेसन का सहजकर्ता रवि किरणले गर्नु भएको थियो ।

    कार्यक्रमको सभाध्यक्ष एवं गुलरिया नगरपालिकाकी उप प्रमुख सावित्रा गौतमले शिक्षा निती मा सुधार गरिनु पर्ने बताउँदै बालबालिकाहरूलाई आफ्नै देशमा रहने वातावरण मिलाउनका लागी ठोस निती तथा कार्यक्रमहरू हुन जरुरी रहेको बताउनु भयो ।

    गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले अभिभावक शिक्षा कार्यक्रमलाई नगर पालिकाका सबै वडाको समुदाय स्तरमा अभियानको रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो । वहाँले अबका दिनमा विद्यालयले पनि योजना बनाई वडा सरकारसँग समन्वय गरी अघि बढ्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा बालबालकाको व्यवहारिक, शैक्षिक एवं सैद्धान्तिक ज्ञान बारे जानकारी पाएको बताउँदै आगामी दिनमा हामी सबै शिक्षक, अभिभावक लगायत जिम्मेवार व्यक्ति सबैले आफ्नो जिम्मेवारी बुझी अगाडि बढ्नुपर्ने गुलरिया नगरपालिकाका बरिष्ठ अधिकृत मुकुन्द अर्याल ले बताउनु भयो ।

    सामुदायिक विद्यालयहरूमा अभिभावकहरू नियमित रुपमा विद्यालयमा गई आफ्ना बालबालकाको पढाई र सिकाइको प्रति चासो दिनु पर्ने कुरामा जोड दिदै कार्यक्रम संयोजक लामिछानेले हरेक अभिभावकले आफ्नो घरमा पढाई गर्नका लागी पढाई कुना बनाउन आग्रह गर्नु भयो । पढाई कुनाले बालबालिकालाई पढाई र सिकाइ प्रति अभिरुची बढ्ने वहाँले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij