Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरियाले बर्दियाका स्थानीय तहलाई १ अर्ब अनुदान दिने

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    कोरिया सरकारले समावेशी ग्रामिण विकास परियोजना कार्यान्वयनका लागि ८ मिलियन डलर (झन्डै १ अर्ब ७ करोड रुपैयाँ) अनुदान सहायता दिने भएको छ ।


    ADVERTISEMENT

    images

    कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बर्दिया जिल्लामा सो परियोजना अगाडि बढाउने सम्बन्धमा रेकर्ड अफ डिस्कसन (आरओडी) सम्झौता भएको छ ।

    सम्झौतामा कोरिया सरकारको तर्फबाट देशीय निर्देशक मह्यन कोङ र मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका छन् ।

    यो परियोजनाको लागत ८ मिलियन डलर रहेको कोइकाले जनाएको छ । परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका ८ स्थानीय तह रहने छन् ।

    यस परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लामा कृषि उत्पादनको क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना र मूल्य अभिवृद्धिको एकीकरणमार्फत मूल्य श्रृङ्खला स्तरोन्नति गर्नु रहेको कोइकाले जनाएको छ ।

    स्थानीय समुदायको आवश्यकताका आधारमा स्थानीयबाट पहल भएका परियोजना तर्जुमा गरी समुदायलाई नै परियोजना कार्यान्वयनमा सक्षम बनाउने उद्देश्य रहेको कोइकाले जनाएको छ । (अनलाइन खवरबाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij