Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

तीज विशेष सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    गेरुवा गाउँपालिका वडा नं. ५ मा तीज विशेष सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    वडाको आर्थिक सहयोग तथा वर्षा साना किसान सहकारी संस्था लि. को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

    Untitled design (45).jpg

    हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको दिन पारेर आयोजना गरिएको प्रतियोगिता गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    प्रतियोगिताको उद्‌घाटन दीप प्रज्वलित गरेर तथा प्रमुख अतिथिको, विशेष अतिथिहरूले नाचेर गरिएको थियो ।

    Untitled design (46).jpg

    प्रतियोगितामा कटेसपुरका करुणा भट्टराई, रेखा शाही र सृजना कडायतको सामूहिक नृत्य प्रथम, पथरैयाकी डिम्पल मल्ल तथा स्याउली वजारकी पुजा सिंहको नृत्यले क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गरेका थिए ।

    प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाण पत्र र कर सहित क्रमश ७ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।

    Untitled design (47).jpg

    प्रतियोगिताको निर्णायकको भुमिकामा शिक्षक त्रय शेर बहादुर शाही, भिम बहादुर खडका र चन्द्र बि. क. रहनु भएको थियो ।

    प्रतियोगितामा एकल तथा सामूहिक नृत्य गरि २७ प्रतिपर्धीहरुले प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगिताको समापनका अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायत निवर्तमान उपाध्यक्ष हेम कुमारी थरुनी, वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारूले आ–आफ्नो मन्तव्य राख्दै हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरूलाई शुभकामना दिनु भएको थियो ।

    Untitled design (48).jpg

    वर्षा साना किसान सहकारी संस्था लि. की अध्यक्ष गण्डकी देवी पाण्डे को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक लक्ष्मी आचार्यले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij