Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकामा 'जलवायु उत्थानशील परियोजना' सञ्चालन हुने

  • बर्दिया टुडे
  • 994
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा जलवायु उत्थानशील परियोजना सञ्चालन हुने भएको छ । गाउँपालिकामा आइतबार आयोजित परियोजना शुभारम्भ बैठकमा सो कुराको जानकारी दिइएको हो । 


    ADVERTISEMENT

    images

    जेड जुरिक फाउन्डेसनको आर्थिक सहयोग तथा प्राक्टिकल एक्सन र भेरी वातावरणीय विशिष्‍टता समूह (बी ग्रुप) को साझेदारीमा परियोजना सञ्चालन हुन लागेको हो ।

    जलवायुमैत्री, जोखिम सुसूचीत विकास तथा बाढी र लु उत्थानशीलताका क्षेत्रमा आर्थिक पुँजी र स्रोत बढाउँदै न्यायोचितरुपमा लगानी गर्ने तथा प्रोत्साहित गर्नका लागि स्थानीय स्तरमा बलियो नीति बनाउने एवम् अभ्यासमा सुधार गर्ने परियोजनाको उद्देश्य रहेको प्राक्टिकल एक्सनका वरिष्ठ परियोजना अधिकृत चक्र बहादुर बमले बताए । 

    उनले परियोजनाले बाढी तथा लु प्रभावको जोखिममा रहेको समुदायमा अनुकूलन क्षमता वृद्धिमार्फत जोखिम कम गर्न सहयोग पुऱ्याउने तथा प्रभावकारी पूर्वसूचना प्रणाली र विपद् पूर्वकार्यमार्फत विपद्को सम्भावित जोखिम र क्षतिको मात्रा न्यूनीकरण गर्ने बताए । उनले भने, 'परियोजनाले बाढी र तातो हावाका कारण जीविका गुमाउने परिवारको विपद् बीमामार्फत क्षतिपूर्तिसहित चाँडै पुनर्लाभ हुन सक्षम बनाउने छ । मानिस तथा व्यापार उन्नतिमा बाढी तथा लु को कुनै नकारात्मक प्रभाव नपरोस् भन्ने लक्ष्य परियोजनाको हो ।’

    परियोजनामार्फत मानवीय पुँजी शिक्षा, सीप, स्वास्थ्यका क्षेत्रमा विभिन्न क्रियाकलाप, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, विद्यालयमा गर्मी र बाढी उत्थानशीलता वृद्धिका क्रियाकलाप, विपद् प्रतिकार्य क्षमता विकास, सामुदायिक अनुकूलन कार्यहरु, उत्थानशीलता वृद्धिमा सामुदायिक विपद् व्यवस्थापन समिति र जनस्तरको सहभागिताका क्रियाकलापहरु, सरकारको नीति निर्माणमा सहयोग, गर्मी लहर कार्य योजना तयारीमा सहयोग, पूर्वकार्यमार्फत सामाजिक पुँजीको वृद्धि, जीविकोपार्जन विविधीकरणका अवसरहरू र जोखिम बीमालगायतका क्रियाकलापहरु सञ्चालन गरिने छ । यी क्रियाकलापका लागि यो वर्ष १४ लाख बढी रकम खर्च गरिने परियोजना शुभारम्भ कार्यक्रममा बताइएको छ । 

    सन् २०२४ देखि २०२७ सम्म सञ्चालन हुने परियोजनाले गेरुवा गाउँपालिकाअन्तर्गत कर्णाली नदीको बाढीले जोखिममा रहेका समुदायहरू वडा नं. २ राजीपुर, बनघुस्रा तथा वडा नं. ३ को सनकट्टी, बनकट्टी, र सोनाहागाउँलाई समेट्ने जनाइएको छ । (मध्यान्ह)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij