बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ की २४ बर्षिया आशा सोनी विकको आजभोली दैनिकीको व्यस्तता बढेको छ ।उनको दैनिकी मेलापात, पशु चौपाया हेर्नु घर धन्दा लगायत आफ्नो दुई छोरीको रेख देखमै बित्ने गरेको छ ।
करिब ९ वर्ष पहिले नारायण नगरपालिका वडा नम्बर ८ दैलेखमा बस्दै आउनु भएको वहाँको १० कक्षा पढ्दा पढ्दै विवाह भएको थियो । दुई सन्तानको आमा समेत हुनुभएकी आशा को ७ वर्षीय छोरी कक्षा २ मा र ४ वर्षीय छोरी बालशिक्षामा पढ्दै गरेको बिक बताउनु हुन्छ।
दलित महिला सङ्घले सञ्चालन गरेको गुराँस महिला समुहमा आफ्नी सासूआमा जाने गरेको बताउँदै आशाले पछि आफू पनि आमाको सल्लाहमा त्यहाँ बाट केही सिक्न पाइन्छ भनेर आबद्ध भएकी बताउनु हुन्छ ।
गुराँस महिला समूहमा आवद्ध भएपछि आफूले आर्थिक मात्र नभई समय समयमा हुने तालिम , गोष्ठी बाट धेरै कुराहरू जानेको बिक बताउनु हुन्छ । आफ्नै गाउँमा समूहको गठन भएपछि उनको समयक्रम पनि बदलिदै गएको हो ।
सिलाइ कटाइ समेत जानेकी आशा आफ्नो सीपमा निपूर्ण छिन । आज आफू सफल व्यवसायी बन्न अग्रसर को भएको वहाँ बताउनु हुन्छ ।गाऊ घरमा हेर्ने दृष्टिकोण फरक छ । " म सफल ग्रहणी हुनुका साथै सफल आमा पनि भए "खुसी व्यक्त गर्नुहुन्छ ।
दलित महिला सङ्घले गाऊ घरका दलित महिलाहरूलाई घरगाँउमा भेला गरेर समुह गठन गरेपछि सबैको सल्लाहमा दलित महिला सङ्घ वाट केही अनुदान रकम आफूले पाए र गाउँमै किराना पसल खोले आशा बताउँछिन् । पसलबाट घर खर्च चलेकै छ , कसैसँग हात थाप्नु परेको छैन । घरको बत्ती, पानी ,मसलन्द खर्च धानेकै छ आशा बताउँछिन् । आफू र छोरीहरूका नाममा दैनिकी थोरै रकम भएपनि जम्मा गर्ने गरेको आशा बताउँनुहुन्छ ।
समुहमा आबद्ध भएपछि आशाको क्षमता अभिवृद्धि समेत भैरहेको छ । पहिले कसैको अगाडि बोल्न हिचकिचाउने आज निर्धक्क आफ्नो कुरा राख्न सक्ने आशा गुराँस महिला समुहले गाँउका अन्य महिलाहरूको जीवनशैलीमा समेत परिवर्तन ल्याएको दलित महिला सङ्घकी अध्यक्ष हिमा सुनार बताउनु हुन्छ ।
महिलाहरूमा कानुन बारे जानकारी, बोली भाषा, रहन सहन तथा व्यवहारमामा समेत परिवर्तन आएको सुनार बताउनु हुन्छ।
सुनारका अनुसार संस्थाले गाँउगाँउमा आई पर्ने महिला अधिकार का साथै जतिय विभेद का बारेमा सहजीकरण गर्दै आइएको छ । आज गाउँ घरका दिदी बहिनीहरु संस्थाको सानो प्रयासले केही भए पनि आत्म निर्भर बन्न सफल भएका छन सुनारको भनाई रहेको छ।