Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गुलरियामा प्लान नेपालको एक दिने समीक्षा

  • 1.3K
    SHARES
  •  

    बर्दियाको गुलरियामा सरोकारवालाहरू सँग एक दिने समीक्षा तथा कार्यक्रम जानकारी बैठक सम्पन्न भएको छ। प्लान इन्टरशनल नेपालको आयोजनामा साझेदार संस्था राधाकृष्ण थारू जनसेवा केन्द्र , वि ग्रुप र वाँके युनेस्को क्लब सँग आर्थिक वर्ष २०८/०८१मा भए गरेका कामहरूका बारेमा पालिका स्तरीय परियोजना समीक्षा तथा कार्यक्रम जानकारी बैठक सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    प्लान इन्टरनेसशनल नेपालकी निमित्त कार्यक्रम विशेषज्ञ दिक्षा भाटले संस्थाका बारेमा जानकारी गराउँदै  सन २०२८ सम्म नेपालका सबै बालकालिका, किशोरी युवा तथा महिलाहरू सशक्त हुनुका साथै आत्मसम्मान का साथ आफ्नो अधिकार र स्वतन्त्रताको उपयोग गर्न पाउने अधिकार सम्पन्न बनाउने लक्ष्य रहेको बताउनु भयो । जसबाट वर्तमान अवस्थामा नेपालमा ७ लाख जना प्रत्यक्ष र १५ लाख अप्रत्यक्ष रुपमा समावेश भएको भाटले बताउनु भयो ।

    विगत लामो समयदेखि प्लान इन्टरनेशनल नेपालले नेपालमा सीमान्तकृत बालकालिका, उनीहरूका परिवार र समुदायलाई बाल संरक्षण र सहभागिताको अधिकारमा पहुँच पुऱ्याउन पहल समेत गर्दै आएको भाटले बताउनु भयो।

    315cb251-4ec6-4928-a011-adc2e15e4fef.jpeg

    कार्यक्रममा जानकारी गराउँदै प्लान इन्टरनेशनल का साझेदार संस्था सशक्त वालका परियोजना अन्तर्गत बाँके युनेस्कोले क्लब बर्दियाका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले नगरपालिका भित्र गरिएका कामहरूको बारे जानकारी गराउनु भएको थियो । लामिछानेका अनुसार संस्थाले विद्यालय स्तरीय विभिन्न काम गर्दै आएको छ। लामो समय देखी वाके युनेस्को क्लबले बर्दिया का ८ वटै पालिकाहरूमा वाल बालिका तथा युवा वर्ग लक्षित विभिन्न कार्यक्रम गर्दै आएको लामिछानेले बताउनु भयो । संस्थाले विद्यालयसँग सहकार्य गरी विद्यालय बाहिर भएका बालबालिकालाई विद्यालय सम्म जानकालाई अभिभावक तथा बालबालिकासँग हातेमालो गरि शिक्षाको महत्त्व विषयमा परामर्श उपलब्ध गराउँदै आएको छ। 

    किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार परियोजना अन्तर्गत राधाकृष्ण थारू जनसेवा केन्द्र ले बर्दियाका आठ वटा पालिका अन्तर्गत गुलरिया नगरपालिका, मधुवन, बारवर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउपालिका मा काम गर्दै आएको संस्थाका कार्यक्रम परियोजना संयोजक मनोज पौडेल ले बताउनु भयो । कार्यक्रम को लक्ष्यको बारेमा जानकारी गराउँदै यौन प्रजनन सम्बन्धी समुदायमा चेतना बढाउने, समुदायका सदस्यहरूलाई यौन प्रजनन स्वास्थ्य अधिकार सम्बन्धमा तालिम तथा सुसुचित गराउनु का साथै प्राथमिकतामा रहेका कुराहरूको सुनिश्चितता गर्दै सृजना भएका मागहरूलाई सेवा प्रदायकहरू सँग समन्वय गर्दै अगाडि बढिरहेको पौडेलले बताउनु भयो ।

    8525495b-b4c5-4ada-a069-ba430fd3e6d4.jpeg

    सन २०२० देखी बर्दियामा काम गर्दै आएको वि ग्रुपले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा परिवर्तनका संवाहक किशोर किशोरीहरू विच र विद्यालयमा छलफल गर्ने गराउने गरेको वि ग्रुपका कार्यक्रम फिल्ड सुपरभाइजर शान्ता वि. क. ले बताउनु भयो । संस्थाले आर्थिक सशक्तिकरणको लागि युवा महिलाहरूलाई विभिन्न सीप मूलक तालिम उपलब्ध गराउँदै आएको बि.क. ले बताउनु भयो। वि ग्रुप ले हाल ४ पालिकामा प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीमा काम गर्दै आएको छ।

    नगर उपप्रमुख सावित्रा गौतमले सबैको सहयोग र सहकार्यले मात्र विकास सम्भव हुने भएको हुँदा सबैले आ आफ्ना स्थानबाट पाएको जिम्मेवारी निर्वाह गर्नु पर्ने बताउनु भयो । गौतमले प्लान सँगको साझेदारीमा काम गर्दै आएको संस्थाले राम्रो काम गरेको बताउँदै समय समयमा गरेका कामको समीक्षा गर्न जरुरी रहेको बताउनु भयो ।

    गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न भएको समीक्षा बैठकमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल, शिक्षा प्रमुख सतिश यादव, साझेदारी संस्थाका प्रमुखहरू , जनप्रतिनिधि लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij