Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कानुनी सचेतना शिविर सम्पन्न

  • 1.3K
    SHARES
  •  

    एक दिने कानुनी सचेतना शिविर सम्पन्न संजय आचार्य भदौ १३ गते ।बर्दियाको मधुवन नगरपालिका वडा न ५ मा कानुनी सचेतना शिविर कार्यक्रम सम्पन्न भएको छ।


    ADVERTISEMENT

    images

    ए फ जे एस को आर्थिक सहयोग र दलित महिला सङ्घ (F E D O ) को आयोजनामा समूहमा आवद्ध सदस्यहरुका लागि बिहीवार एक दिने कानुनी सचेतना शिविर सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

    दलित महिला सङ्घ मा आवद्ध गुराँस महिला समुह र समूह बाहिरका का करिब ४० जना महिला दिदी बहिनीहरूलाई आफ्ना हक अधिकार र कानुनका बारेमा जानकारी गराइएको दलित महिला सङ्घ का अध्यक्ष हेमा सुनारले बताउनु भयो ।

    1d587e15-5a2d-4aa4-8256-68145c90de46.jpeg

    स्थानीय सरकार घर घरमा आएता पनि गाऊ घरमा अझै पनि आफ्नै हक अधिकारको जानकारी नभएको र कानुनी उपचारको बाटो थाहा नभएको सुनारले बताउनु भयो।

    विभिन्न क्षेत्रमा काम गर्दै आएको दलित महिला सङ्घले पछिल्लो अवस्थामा समूह गठन गरी समूह मार्फत विना धितो लगानी गनी सावाँ फिर्ता गर्ने गरी समूहमा आवद्ध दिदी बहिनीहरूको आर्थिक उपार्जनमा काम गर्दै आएको छ।

    समय समयमा यस्ता कानुनी सचेतना शिविर हुनु पर्ने जसले गर्दा हामीले आफ्नो अधिकारका बारेमा थाहा पाउने सहभागीले बताए ।

    कार्यक्रममा नागरिकताका विषयमा छलफल हुनुका साथै कानुनी उपचार तथा समाधान का विषयमा छलफल भएको थियो ।

    52713168-b79b-4886-8e4c-f9a92276774e.jpeg

     सहभागी आशा सोनी विकले संस्था को सहयोगले आफ्नो दैनिकी नै बदलिएको बताउनु भयो। आज उहाँसँग कानुनको पनि ज्ञान छ र आफै कमाउने भएको  वहाँ बताउनु हुन्छ।

    कार्यक्रममा धेरै सहभागीले आ - आफ्ना समस्या तथा गुनासाहरू राखेका थिए भने धेरैले समूहमा आवद्ध हुन पाउँदा खुसी भएको बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij