Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बगलामुखी मा. वि. मा कक्षा ११ र १२ विज्ञान विषय निःशुल्क अध्यापन गराइने

  • 1.5K
    SHARES
  •  

    बर्दियाको बगलामुखी राधा कृष्ण थारू माध्यमिक विद्यालयमा यस वर्ष देखी ११ र १२ कक्षामा विज्ञान विषय निःशुल्क अध्यापन गराइने भएको छ। मङ्गलवार विद्यालयमा विज्ञान प्रयोगशालाको उद्‌घाटन कार्यक्रममा सो कुराको जानकारी गराइएको हो।


    ADVERTISEMENT

    images

    विज्ञान समूहको कक्षा तथा विज्ञान प्रयोगशाला उद्‌घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाले १२ कक्षा सम्म विज्ञान विषय निशुल्क पढन पाउने व्यवस्था गरेकाे बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोरा छोरी पैसाको अभावका कारण  विज्ञान विषय पढ्नबाट वञ्चित नहुन भन्ने उद्देश्यले ११ र १२ सम्म निशुल्क गरेको यादवले बताउनु भयो। नगरपालिकाले यसकालागि ४० लाख रुपैयाँकाे बजेट व्यवस्थापन गरेको यादवले बताउनु भयो।

    कक्षा सञ्चालनका लागि प्रदेश सरकारको करिव ६३ लाखको सहयोगमा निर्मित भवनमा गुलरिया नगरपालिकाले विज्ञान सामाग्री खरिदका लागी ६ लाख बराबरको सहयोग गरेको विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले बताउनु भएको छ।

    यस बर्ष  विज्ञान विषय तर्फ  ६ जना विद्यार्थी भर्ना भई सकेका छन्। शर्मा का अनुसार विद्यालयले ४ जना  पार्ट टाइम शिक्षक बाहिर वाट ल्याई पढाउने व्यवस्था मिलाइएको बताउनु भयो। यसका साथै यसै शैक्षिक सत्रबाट सञ्चालन हुने विज्ञान समुहको कक्षा पूर्णरुपमा निशुल्क रहने शर्माले बताउनु भयो।

    गुलरिया नगरपालिकाको विशेष पहलमा प्रयोगशाला भवन, प्रयोगात्मक सामाग्री लगायत सहयोग उपलब्ध गराई शैक्षिक सत्र २०८१/०८२ देखी विद्यालयमा कक्षा ११ मा विज्ञान विषय अध्यापन शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदलु लोधले बताउनु भएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij