Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सामाजिक विषयको त्रैमासिक परीक्षा नहुँदा विद्यार्थी मर्कामा

  • 1.3K
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद श्री दशरच चन्द माध्यामिक विद्यालयमा कक्षा ९ को सामाजिक विषयको त्रैमासिक परीक्षा नहुँदा विद्यार्थी मर्कामा परेका छन् । सामाजिक विषय अध्यापन गर्ने विषय शिक्षक नहुँदा परीक्षा रोकिएको हो । विद्यालय संचालन भएको ४ महिना पुग्नै लाग्दापनि सामाजिक विषयको अध्यापन हुन सकेको छैन ।


    ADVERTISEMENT

    images

    सामाजिक विषयका विषय शिक्षक केही वर्ष अघि निलम्बनमा पर्दा आधारभुत तहका शिक्षक बाट काम चलाउँदै आएकोमा सरुवा मिलानका बेला अन्यत्र विद्यालयमा पठाउँदा सामाजिक विषय पढाइहुन नसकेको विद्यालयका प्रधानाध्यापक सरोज झाले बताउनु भयो । राजापुर नगरपालिका समाजिक विकास संयोजक सहितको टोली अनुगमनमा आएका बेला समस्या दर्साएपनि कुनै सुनुवाइ नभएको प्रअ झाको आरोप छ ।

    शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले भूगोल जनसङ्ख्या, स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका प्रावि, मावि तहका अन्य शिक्षकले सामाजिक बिषय पढाउन सक्ने भन्दै ४ पिरिएड भन्दा बढी नपढाएका कारण समस्या आएको भन्दै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, नगरपालिका बसेर निकास निकाल्ने बताउनु भयो ।

    राजापुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक रमेश दहितले सबै विद्यालयहरूमा विषय शिक्षक सरकारले पुर्याउन नसकेको भन्दै विद्यालयका शिक्षकहरू मिलेरनै त्यसको व्यवस्थापन गर्ने बताउनुभयो । आफू बाहिर भएकाले के कति कारणले परीक्षा स्थगित गर्नु पर्यो बुझेर तत्काल समस्या समाधान गर्ने प्रतिकृया दिनुभयो ।

    शिक्षा क्षेत्रमा व्यापक सुधार गरेको भन्दै नगरपालिकाका प्रतिनिधिहरूले बिभिन्न मञ्चमा भाषण गरेपनि यस्तो अवस्था आउनु निकै दुःखदायी भएको अभिभावकको गुनासो छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij