Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाल अधिकार समितिको अन्तरक्रियात्मक बैठक सम्पन्न

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    गेरुवा गाउँपालिकाको वडा नंं. ५ मा वडा स्तरीय बाल अधिकार समितिको अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    शुक्रवार प्लान नेपाल इनटरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र, बर्दिया र भेरी वातावरणीय विशिष्‍टता समुह (वि ग्रुप) को संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।

    Untitled design (28).jpg

    वडा स्तरीय बाल अधिकार समितिका अध्यक्ष एवम् वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरू, वडा स्तरीय वाल अधिकार समितिका पदाधिकारीहरू र सञ्चारकर्मी लगायत २१ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

    अन्तर क्रियात्मक बैठकमा विभिन्न सङ्घ संस्थाको सहयोग तथा समन्वयमा आर्थिक वर्ष २०८०÷०८१ मा वडा कार्यालय मार्फत बाल अधिकार समितिले समुदायमा सञ्चालित विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरूको प्रभावकारिता, ,चुनौती र सुधार गर्नुपर्ने पक्षका बारेमा अन्तरक्रियात्मक छलफल गरिएको राधाकृष्ण थारू जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर शान्ति भट्टराईले बताउनु भयो ।

    Untitled design (24).jpg

    बैठकले चालु आर्थिक वर्ष २०८१÷०८२ मा वडाले विनियोजन गरेको रकम र बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी सङ्घसंस्थाहरूसँगको साझेदारीमा वाल विवाह, तथा समुदायमा बढ्दै गएको लागू औषध दुर्व्यसन रोक्न समुदाय स्तरमा अन्तरक्रिया तथा जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको  भेरी वातावरणीय विशिष्‍टता समुह ( वि ग्रुप) की फिल्ड सुपरभाइजर मिना शर्माले बताउनु भयो ।

    बैठक वडा कार्यालयको सभाहलमा सम्पन्न भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij