अपाङ्गता उत्थान केन्द्र राजापुरले विभिन्न निर्णय गर्दै आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
केन्द्रका अध्यक्ष महादेव धमलाको अध्यक्षतामा आयोजित वार्षिक साधारण सभामा गैरसरकारी संस्था बर्दियामा आबद्ध हुने, राजापुर नगरपालिकामा सूचिकृत गर्ने, अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जन र उत्थानशील बनाउन विभिन्न निकाय एवं नगरपालिकामा समन्वय गर्ने लगायतका निर्णय गर्दै साधारण सभा सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ रेडियो राजापुरका प्रबन्ध निर्देशक केशव कोइरालाले अपाङ्गता भएका ब्यक्तिहरू स्वयं अग्रसर हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै थारू महिला उत्थान केन्द्र बर्दियाका कार्यक्रम संयोजक तेजमणि पन्थले नव संस्था जीवित राख्न पदाधिकारी लगायत सबै अग्रसर हुन आग्रह गर्दै आफ्नो अधिकारका लागि जुट्नु पर्ने खाँचो औँल्याउनु भयो ।
कार्यक्रममा बोल्दै वडा न ८ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि राजेश थारूले अपाङ्गता भएका ब्यक्तिहरूको उत्थानका लागि आफ्नो वडाले बजेट बिनियोजन गरेको बताउँदै अपाङ्गता भएका ब्यक्तिहरूको आर्थिक विकासमा साथ दिने बताउनुभयो ।
अपाङ्गता उत्थान केन्द्रका सचिव रितमान थारूले सञ्चालन गरेको कार्यक्रममा नगर भित्रका अपाङ्गता भएका व्यक्ति सहभागी थिए ।