बर्दियाका विभिन्न सङ्घसंस्थाले शान्तिपूर्ण आन्दोलनमा रहेका खगेन्द्र सुनारको समर्थनमा ऐक्यबद्धता जनाएका छन्। बिहीबार बर्दियाका विभिन्न संस्थामा आबद्ध अधिकारकर्मीहरूले हस्ताक्षर सहित सुनारको समर्थनमा ऐक्यबद्धता जनाएका हुन ।
दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले दलित खै? भन्ने आन्दोलन काठमाडौँको माइतीघर मण्डलामा फलामे जन्जिर सहित विगत ९ दिनदेखि गरेको शान्तिपूर्ण आन्दोलनमा बर्दियाली दलित मानव अधिकारकर्मीले आन्दोलनको ऐक्यबद्धता गरिएको विज्ञप्तीमा जनाइएको छ।
बर्दियाका अधिकारकर्मी हिमा सुनार ,खिमा बिक , नयनबहादुर सुनार , विवा बिक ,विष्णु नेपाली ,बीमा बिक ,रत्ना सुनार ,जिरा बिक, संगीता थापा लगायत अधिकारकर्मीहरूले संयुक्त रुपमा हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका छन। दलित अभियन्ता सुनार ले गरेको आन्दोलन प्रतिनिधीमुलक आन्दोलन भएको हुँदा राज्यले शान्तिपूर्ण आन्दोलन का मागहरू पूरा नभए देशका समग्र दलितहरू आफ्नो हक र अधिकारका लागि आन्दोलनमा जाने बाध्यात्मक परिस्थिति सिर्जना नगर्न हस्ताक्षरित ऐक्यबद्धता मा उल्लेख छ।