Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शसक्त बालिका परियोजना: गेरुवा गाउँपालिकामा दोश्रो चरणको कार्यक्रम सञ्चालन गरिने

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा ‘शसक्त बालिका परियोजना’ को दोश्रो चरणको कार्यक्रम सञ्चालन गरिने भएको छ ।


    ADVERTISEMENT

    images

    राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाद्वारा पालिकामा आयोजित समन्वय तथा समीक्षा कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

    कार्यक्रममा परियोजनाले समेटेका विद्यालय र समुदायका बालबालिका, किशोर किशोरी तथा युवाहरू साथै विशेषगरी किशोरी र युवा महिलाहरू आफ्नो अधिकारको बारेमा जानकार भई बालविवाह, छिटो विवाहजबरजस्ती विवाहबाट मुक्त भई स्वतन्त्र रुपमा जीवनयापन गर्न सफल हुने परियोजनाले लक्ष्य लिएको परियोजनाका संयोजक मनोज पौडेलले जानकारी दिए ।

    उनले परियोजनाले प्रारम्भिक बाल विकास, बाल संरक्षण, बाल अधिकार, शिक्षा, स्वास्थ्य तथा पोषण, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैङ्गिक समानता तथा न्याय, संरक्षण मानवीय कार्य, नेतृत्व विकास, खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा विविध कृयाकलापहरू गरिने बताए

    कार्यक्रममा परियोजनाका संयोजक पौडेलले परियोजना अन्तरगत आ.ब. २०८०/०८१ (सन २०२३/०२४) मा सम्पन्न भएका क्रियाकलापहरूको लक्ष्य तथा उपलब्धीहरू र खर्च विवरण प्रस्तुत गर्दै गेरुवा गाउँपालिकामा करिव २२ लाख रुपैया खर्च भएको प्रतिवेदन प्रस्तुत गरे । चालु आ.ब. २०८१/०८२ (सन २०२४/०२५) मा परियोजना मार्फत गरिने क्रियाकलापहरू तथा लक्षित बजेटको बारेमा जानकारी दिदै उनले परियोजनाको दोस्रो चरणमा १८ लाख वढी रकम खर्च गरिने जानकारी दिए ।

    ‘शसक्त बालिका परियोजना’ बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी सञ्चालनमा रहेको छ । परियोजना जुन २०२५ सम्म सञ्चालनमा रहने छ ।

    Untitled design (13).jpg

    समीक्षा कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष जमान सिहं के.सीे. ले परियोजनाले गाउँपालिकामा शैक्षिक स्तर अभिवृद्धि, शिक्षक तालिम, पोषण, स्वास्थ्य सरसफाइ, बाल अधिकार तथा बाल संरक्षण समुदायमा सचेतना वृद्धि गर्नमा अमूल्य योगदान गरेको बताउँदै संस्था तथा परियोजनाका क्रियाकलापहरूमा समन्वय, सहकार्य गर्नका पालिका सदैव तत्पर रहेको बताए

    शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले परियोजनाले गेरुवा गाउँपालिकाको शैक्षिक स्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सञ्चालन गरिएका गतिविधिले विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउनमा भूमिका खेलेको बताए । उनले परियोजनाले गरेका राम्रा अभ्यासहरूलाई सम्पूर्ण सरोकारवालाहरूले जिम्मेवारीबोध सहित काम गर्नुपर्ने, विशेषगरी स्थानीय सरकारले यस कार्यमा अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने बताउँदै यस कार्यका लागी आफनो तर्फबाट सहकार्य, समन्वय तथा सहयोग सदैव रहने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखा प्रमुखहरु तथा प्रतिनिधीहरु, संस्थाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij