Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

हरित सडक वनाउन वृक्षाराेपण

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    गेरुवा गाउँपालिका वडा नं. ५  का सडक किनारमा वृक्षारोपण गरिएको छ।


    ADVERTISEMENT

    images

    वडाको पथरैयामा बिन्द्रा कालोपत्रे सडक र शमी चोकहुँदै फूलबारी टोल बिन्द्रा जोडने सडक किनारमा वृक्षारोपण गरिएको हो ।

    समाजसेवी युवा खडक कार्कीको अग्रसरतामा शिव समुह, दक्षिण पथरैयामा आवद्ध सदस्यहरूको सक्रियतामा वृक्षारोपण गरिएको हो।

    960fc0d9-cc3e-45b0-b0e6-41636ea6f318.jpeg

    सडक किनारमा ५ मिटरको फरकमा पथरैया - बिन्द्रा सडकको दुवै भागमा र शमी चोकहुँदै फूलबारी टोल बिन्द्रा जोडने सडकको दायाँ भागमा विभिन्न प्रजातिका फलफल र फुलका बिरुवा गरी प्रजातिका २ सय ४ वटा बिरुवा रोपिएका छन् ।

    सडकको सौन्दर्यपना बढाउनका साथै हरियाली वातावरण बनाउनका लागि वृक्षारोपण गरिएको समाजसेवी खडक कार्कीले बताउनु भयो । उहाँले शमी चोकमा आफ्नै लगानीमा शौचालयको निर्माण सहित पिउने पानीको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

    60c84e72-e440-45cc-b743-43104618fe76.jpeg

    वृक्षfरोपणका लागि बिरुवा खरिदका लागि समाजसेवी युवा कार्कीले १५ हजार र समुहका सदस्यहरूले ७ हजार उपलब्ध गराउनु भएको हो ।

    सरक्षणका लागि विरुवा लाई बेर्ने सामग्री समुदायका सदस्यहरूले निशुल्क उपलब्ध गराउनु भएको छ ।

    रोपिएका वोट बिरुवा लाई पशुचौपाया वाट बचाउनका लागि समुहका सदस्यका घरका तथा समुहका बाहिरका समुदायका पशुचौपायाले बोटविरुवा लाई नोक्सान गरेमा नोक्सान गरेको बिरुवा सहित क्रमश :२ हजार र ५ हजार रुपैया जरिवाना लिने नियम बनाईएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij