Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ऐतिहासिक धातुका भाँडा तथा मूर्तिसहित २ जना प्रहरी नियन्त्रणमा

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    बर्दिया प्रहरीले ऐतिहासिक धातुका भाँडा तथा मूर्तिसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।


    ADVERTISEMENT

    images

    बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले भारी मात्रामा धातुको ऐतिहासिक सामाग्रीहरुसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

    शंका लागि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च १६९७ नम्बरको बलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा १४ पोका ऐतिहासिक सामाग्रीहरुसहित गाडी चालक र उनका सहयोगीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    bhada (1).jpg

    वलेरो चालक बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुर बस्ने २१ बर्षिय संजय राढ र सहयोगी भारतको वहराईच जिल्ला लौकाही बस्ने बर्ष ४८ को जब्बर खाँ लाईे गाडी र अवैंध रुपमा लैजादै गरेको ऐतिहासिक सामाग्रीहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

    नियन्त्रणमा लिईएका उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक अर्यालले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij