Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वन्यजन्तु पीडित परिवारले पाए क्षति वापतको राहत रकम

  • 1.1K
    SHARES
  •  

    बर्दियामा वन्यजन्तु बाट पिडित परिवारका सदस्यलाई सरकारले क्षति वापतकाे राहत प्रदान गरेको छ ।


    ADVERTISEMENT

    images

    बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकाका गरि ४ परिवारका सदस्यलाई चेक मार्फत राहत प्रदान गरिएको हो ।

    आर्थिक वर्ष २०८०/०८१ मा वन्यजन्तुको आक्रमणमा परि मृत्युवरण गरेका तथा घाइते भएका परिवारलाई राहत रकम प्रदान गरिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

    बर्दियाको मधुवन नगरपfलिका वडा नम्बर ३ का मृतक कलि बंशी मगरका छोरा प्रेम वंशी, ५ का मृतक गायत्री डाँगीका श्रीमान नारायण कुमार डाँगी, र बारबर्दिया नगरपालिका वडा नम्बर ४ का मृतक सुमित थारुका बुवा राम शंकर थारुलाई जनही ८ लाख रुपैयाको चेक प्रदान गरिएको छ भने बारबर्दिया नगरपालिका वडा नम्बर ३ का घाइते साहिल सुनारका बुवा प्रेम बहादुर सुनारलाई रु १ लाख ५० हजारकोे चेक प्रदान गरिएको छ ।

    वन तथा बाताबारण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा डिभिजन वन कार्यलय बर्दियाको समन्यवमा गुलरिया स्थित एक होटलमा आयोजित वन्यजन्तु बाट भएको क्षतिको राहत वितरण कार्यक्रममा उनिहरुलाई राहत रकम वितरण गरिएको हो ।

    राहत वितरण कार्यक्रममा वन तथा बाताबारण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले हरेक वर्ष वन्यजन्तुको आक्रमणले मानविय क्षेती भइरहेकाले निर्वाचित जनप्रतिनिधीहरुले नितीगत तहमै योजना वनाउनु पर्ने बताउनु भयो ।

    राहत १.jpg

    उहाँले मानिसहरुलाई वनजंगलको पहुँच बाट टाढा राखी उनिहरुका आवश्यकता पुरा गर्ने तर्फ सोँच्नु पर्ने बताउँदैे जंगल नजिक रहेका अव्यवस्थित बस्तीलाई व्यवस्थित गरि स्थानान्तरण गर्ने र उनिहरुको जिविका पार्जनमा सहयोग पुग्ने तरिकाले काम गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
    उहाँले भन्नुभयो, ‘वर्तमान समयमा २०६९ सालमा बनेका राहत निर्देशिकामा पछिल्लो समय २०८० मा संशोधन भइ साहि अनुसार राहत वितरण भईरहेको छ । समय सापेक्ष निर्देशिका संसोधन गर्दे अधि वढ्न आवश्यक छ ।’

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले बर्दिया जिल्ला वन्यजन्तु बाट पिडित भएको हुँदा आफुले निरन्तर आवाज उठाइ रहेको बताउनु भयो । उहाँले बर्दियावाट निर्वाचित जनप्रतिनिधीहरुले बर्दियाका पिडित परिवारको न्यायका लागी पहल गर्दै आइरहेको वताउँदै जनताको सेवाका लागी आफुलाई निर्वाचित गराइएकोले आफुले बर्दियाका विकास र समृद्धिका लागी सधै अग्रसरता लिने प्रतिवद्धता जनाउनु भयो ।

    डिभिजन वन कार्यलय बर्दियाका प्रमुख प्रविण विडारीले बर्दियाका स्थानिय जनप्रतिनिधी तथा संचारकर्मीहरु बाट पाएको सहयोग पाएको सहयोगको प्रशंसा गर्दै वन संरक्षण तथा वन्यजन्तु बाट जोगिन र पिडित परिवारको राहतका लागी बर्दियाबाट निर्वाचित भइ प्रदेशमा पुग्नु भएको जनप्रतिनिधी तथा स्थानिय जनप्रतिनिधी र बर्दियाका संचारकर्मीहरुले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।

    बारबर्दिया र मधुवन नगरपालिकाका जनप्रतिनिधी, संरक्षणकर्मी, पिडित परिवारका सदस्य र संचारकर्मीहरुको उपस्थितीमा राहत स्वरुप चेक पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij