गेरुवा गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गेरुवा गाउँपालिकाको आयोजना तथा गेरुवा कर्णाली पोष्ट दैनिकको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह तथा सञ्चालित विकास कार्यक्रम वारेमा शाखागत रुपमा प्रकाश पारिएको थियो । भने सेवाग्राही नागरिकले उठाएका सवाल तथा जिज्ञासामा स्पष्टता ल्याउने प्रयास गरिएको थियो । कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा, कार्यान्वयनको प्रकृया र सञ्चालित विकस कार्यक्रमका बारेमा सवाल उठाउँदै पालिकालाई सुझाव समेत दिएका थिए।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरु लाई विषयगत शाखाका शाखा प्रमुखहरुले प्रष्ट पारेका थिए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी. ले सार्वजनिक सुनुवाईमा आएका सुझावहरुलाई अपनत्व लिदै कार्यान्वयनको प्रकृयामा जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा भौतिक पुर्वाधार शाखा प्रमुख टंकर रोकाय, स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारी, शिक्षा शाखा प्रमुख नवराज अधिकारी, कृषि शाखा प्रमुख भाष्कर सिंह ठकुरी, पशु शाखा प्रमुख उमेश कुमार चौधरी लगायतले गाउँपालिकाको प्रगती प्रतिवेदन शाखागतरुपमा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको संचालन एवम संकिलत वहिर्गमन अभिमत र नागरिक प्रतिवेदन प्रस्तुत गेरुवा कर्णाली पोष्टका संचालक सन्तोष पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. को सभापतित्वमा सम्पन्न कार्यक्रममा गेरुवा गाउँपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, वुद्धिजिवि, व्यापारी लगायत गेरुवावासीहरुको उपस्थिति रहेको थियो ।