राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाद्धारा प्लान ईन्टरनेसनल नेपालसंगको साझेदारीमा संचालित सशक्त बालिका परियोजनाको सामाजिक परिक्षण गरिएको छ । गुलरिया स्थित एक होटलमा आ.ब. २०८०/०८१(सन २०२३/०२४) को सामाजिक परिक्षण गरिएको हो ।
कार्यक्रममा संस्थाद्धारा संचालित शसक्त बालिका परियोजनाको प्रगती, उपलब्धीको बारेमा परियोजना संयोजक मनोज पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
परियोजनाका कार्यक्षेत्र रहेका पालिकाहरुः राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाको स्थलगत रुपमा सरोकारवालाहरुसंगको छलफल तथा अन्र्तक्रिया र अवलोकन भ्रमण पश्च्यात प्राप्त जानकारी सहितको प्रतिबेदन तयार गरि कार्यक्रममा परामर्शकर्ता कृष्णप्रसाद पाण्डेले बिस्तृत रुपमा प्रस्तुतीकरण गर्नुभएको थियो । परामर्शकर्ताले प्रतिबेदनमा परियोजनाको कार्यक्षेत्रमा राम्रो प्रभाब परेको र आगामी दिनमा परियोजनाले आफना कार्यक्रमहरुलाई थप प्रभाबकारी रुपमा लिएर जानुपर्ने भन्दै आफनो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले आफना बिभिन्न परियोजना मार्फत कार्यक्रम गर्दे जिल्लाको शैक्षिक स्तर, सामाजिक जनचेतना अभिबृद्धि गर्दे समुदामा आफनो प्रभाबकारी उपस्थिती देखाएको जिल्ला गैरसरकारी महासंघका अध्यक्ष प्रिज्मा सिंह थारुले वताउँनु भयो । उहाँले संस्थाले परियोजना मार्फत बिपन्न समुदायको सेवाका लागी अमुल्य योगदान दिएको वताउनु भयो ।
बर्दिया जिल्ला अदालत वारका अध्यक्ष कमल पाण्डेले संस्थाले आफना परियोजना मार्फत बिभिन्न कार्यक्रमहरु प्रभाबकारी रुपमा गरिरहेको वताउँदै आगामी दिनका कार्यक्रमहरुमा लैङ्गिक हिंसा बिरुद्ध, बलात्कार न्युनीकरण, कानुनी सचेतीकरण लगायतका कार्यक्रमहरुलाई समेट्न आग्रह गर्नुभयो ।
संस्थाले अर्थिक अनियमिता, सबै प्रकार लैङ्गिक तथा यौनिक हिंसाका बिषयहरुलाई शुन्य सहनशिलताको लिएको, संस्थाले आमजनसमुदायको हितमा हुने बिषयहरु तथा मुद्धाहरुको बारेमा बहस पैरबी निरन्तर रुपमा गरिरहेको संस्थाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले वताउँनु भयो । उहाँले संस्थाले आगामी दिनमा पनि यस्ता बिषयमा पहलकदमी लिने वताउनु भयो । आमजनसमुदायको आर्थिक, सामाजिक, सांस्कृतिक बिकासका लागी स्थानिय सरकार बढी जिम्मेवार हुनुपर्ने वताउँदै अध्यक्ष श्रेष्ठले यसका लागि संस्था र आफनो तर्फबाट सदैब समन्वय तथा सहकार्य रहने बताउनु भयो ।
कार्यक्रममा प्लान ईन्टरनेसनल नेपालका बिमल गैरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यादव आर्चाय, सचिब सन्तोष पौडेल, गुलरिया नगरपालिका महिला बालबालिका शाखा प्रमुख, जिल्ला गैरसरकारी महासंघका अध्यक्ष प्रिज्मा सिंह थारु, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, नागरिक समाजका प्रतिनिधी, समाजसेवी, बुद्धिजिबी, जिल्लामा अवस्थित बिभिन्न कार्यालयका प्रतिनिधीहरु, पत्रकार, संस्थाका कार्य समिती सदस्यहरु तथा कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष यज्ञराज मजगैयाले गर्नुभएको थियो ।