Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको बार्षिक समिक्षा सम्पन्न

  • बर्दिया टुडे
  • 943
    SHARES
  •  

    राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको बार्षिक समिक्षा सम्पन्न भएको छ ।प्लान ईन्टरनेसनल नेपालसंगको साझेदारीमा संचालित सशक्त बालिका परियोजना सम्पन्न भएका क्रियाकलापहरुको समिक्षा गर्न कार्यक्रमको आयोजना गरिएको हो ।


    ADVERTISEMENT

    images

    समिक्षा कार्यक्रममा आ.ब. २०८०/०८१(सन २०२३/०२४) मा सम्पन्न भएका क्रियाकलापहरुको बारेमा परियोजना मातहत कार्यरत फिल्ड सुपरभाईजरहरुले आफना उपलब्धीहरु, सिकाईहरु, चुनौतीहरु प्रस्तुत गरेका थिए ।

    साथै संस्थाद्धारा संचालित बिभिन्न परियोजनाहरुः शसक्त बालिका परियोजना, प्रत्याभुत तथा संचार परियोजना र किशोरकिशोरीमैत्री यौन प्रजनन स्वास्थ्य अधिकार परियोजना अन्र्तगत संचालित कार्यक्रमहरुको प्रभाबकारिता, उपलब्धी, राम्रा अभ्यासहरु, चुनौतीहरु लगायत सिकाईका बारेमा संस्थामा कार्यरत परियोजना संयोजक, अधिकृतहरुले प्रस्तुत गरेका थिए ।

    Untitled design (36).jpg

    कर्मचारीहरुको प्रस्तुतीकरण पछि संस्थाका कार्य समिती सदस्यहरु र उपस्थितीहरुबिचमा छलफल तथा अन्र्तक्रिया भएको थियो । संस्थाका कार्य समिती सदस्यहरु र बरिष्ट कर्मचारीहरुले आगामी दिनमा परियोजनाहरुका कार्यक्रमहरुलाई थप प्रभाबकारी गर्नका लागी आवश्यक सल्लाहसुझाब दिएका थिए ।

    संस्थाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले संस्था मातहत संचालित बिभिन्न परियोजनाहरुका कार्यक्रमहरु लक्षित उपलब्धीहरु लक्षित समुदायहरु, सरोकारवालाहरुको आवश्यकता पुरा गर्न केन्द्रित रहनुपर्ने वताउँदै आगामी दिनमा परियोजनाहरुले आपना कार्यक्रमहरुलाई थप प्रभाबकारी बनाउनका लागी सबै कर्मचारीहरुले आफनो भुमिका, जिम्मेवारीलाई थप ब्यबस्थित गरी आफनो सिप कौशल, दक्षता, ज्ञान अभिबृद्धि गर्न तर्फ पनि लाग्न कर्मचारीहरुलाई आग्रह गर्नु भयो । उनले भने, ‘यसका लागी संस्थाबाट सदैब सहयोग रहने छ ।’

    संस्थाका उपाध्यक्ष लता ज्ञवालीको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष दिनेश प्रसाद श्रेष्ठको आतिथ्यतामा गुलरिइामा सम्पन्न कार्यक्रम २ दिन सम्म चलेको थियो । कार्यक्रममा संस्थाका कार्य समिती सदस्यहरु, संस्था अन्र्तगत बिभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij