Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको गुलरियामा शैक्षिक सामग्री प्रदर्शन

  • 1.7K
    SHARES
  •  

    बर्दियाको गुलरियामा विद्यालयका विद्यार्थीहरुद्वारा निर्माण गरिएका स्टिम शिक्षा सामग्री प्रदर्शनी भएको छ ।


    ADVERTISEMENT

    images

    सोमबार बगलामुखी स्कूलमा भएको प्रदर्शनीमा गुलरिया नगरपालिका भित्रका स्कुलका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामग्रीहरू प्रदर्शन गरेका थिए ।

    शिक्षा युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको मुख्य आयोजनामा भएको नगरस्तरीय विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामग्री प्रदर्शनी कार्यक्रममा सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफूले बनाएका सामग्रीहरू प्रदर्शन गरेका थिए ।

    f6cdd359-9a4d-4255-8acc-ae6df6c6a92f.jpeg

    विद्यालयका बालवालिकाहरुले आफूभित्रका कला तथा क्षमतालाई प्रतिस्पर्धात्मक रुपमा बाहिर ल्याउन सकुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बाँके युनेस्को क्लब बर्दियाका संयोजक गोविन्द लामिछानेले बताउनु भयो । संस्थाले सशक्त बालबालिका परियोजना अन्तर्गत बालवालिकाका शिक्षा, संरक्षण , अधिका र स्वास्थ सम्बन्धि कार्यक्रम हरु ब्याप रुपमा संचालन गर्दै आइरहेको लामिछाने ले बताउनु भयो ।

    72aee987-6d04-4103-9bc3-105093447984.jpeg

    प्लान नेपाल इन्टरनेसनल तथा बाँके यूनेस्को क्लबद्वारा आर्थिक तथा प्राविधिक सहयोग भएको उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले आगामी दिनमा यस्ता कार्यक्रमहरू अझै आयोजना गरिनुपर्ने कुरामा जोड दिनुभयो प्रमुख गौतमले विद्यार्थीहरूले बनाएका सामग्रीहरू अति नै राम्रा तथा उत्कृष्ट भएको भन्दै प्रशंसा गर्नुभयो ।

    72a80541-6036-4339-8bcd-ab28db142f53.jpeg

    कार्यक्रममा विद्यालयहरूले विज्ञान र प्रविधिको ज्ञान र सीप भएका विद्यार्थीहरूलाई नियमित कार्यशाला र प्रशिक्षण कक्षा सञ्चालन गर्नुपर्नेमा अभिभावकहरूले सुझाव समेत दिएका छन । यस्ता शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा अभिभावकहरुको उपस्तिथी भएको भए विद्यार्थीहरूको लागि साथ र हौसला समेत वृद्धि हुने उनीहरुले सुझाएका थिए ।

    f6cdd359-9a4d-4255-8acc-ae6df6c6a92f.jpeg

    गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले विद्यालयलले विद्यार्थीहरूका लागि यस्ता किसिमका सामग्री बनाउन वातावरण बनाइदिएकोमा धन्यवाद दिँदै आफ्नो सिकाई आफैमा सिमित नराखी आफ्नो प्रतिभालाई बाहिर निकाल्न विद्यार्थीहरुलाई सुझाव समेत दिनुभयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij