Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

एकदिने स्वास्थ शिविर सम्पन्न

  • 1.4K
    SHARES
  •  

    बर्दिया को गुलरिया नगरपालिका वडा नं १०, रत्नापुरमा शुक्रवार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    १० देखि २४ वर्षीया किशोरीलाई लक्षित गरी गरिएको स्वास्थ्य शिविरमा पाठेघर, गर्भवती जाँच, मनो सामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा दिइएको जनाइएको छ ।

    बाँके युनेस्को कल्ब र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा गुलरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको शिविरममा करिब २ सय ७० जना बढी किशोरी तथा युवा महिलाहरुले सेवा लिएको बाँके यूनोस्को क्लब वर्दियाका संयोजक गोविन्द लामिछानेले बताउनु भयो ।

    fb3110e6-2403-4721-aa56-6d75fd9788d2.jpeg

    प्राय जसो यहाँका स्थानीय हरु नेपालमा औषधि उपचार नगराई सीमावर्ती क्षेत्र भारतमा गई उपचार गराउने गरेका बताउदे स्वास्थ्य सेवाबाट बन्चित समुदायलाई नियमितरूपमा अस्पताल गई चेकजाँच गराई जोखिमबाट बच्नका लागि पाण्डेले आग्रह गर्नुभयो ।

    सिमान्तकृत क्षेत्रका बासिन्दा यौन तथा प्रजनन् स्वास्थ्य उपचारका लागि भारतीय सीमावर्ती क्षेत्रमा जानु पर्ने बाध्यता रहदै आएका छ । यस्ता शिविरहरु समय समयमा संचालन गर्नु पर्नेमा स्थानियले जोड दिए ।

    स्वास्थ शिविरमा शिक्षण अस्पतालका स्त्रीरोग विशेषज डाक्टर कविता पाण्डे द्वारा स्थानिय किशोरी हरु को पाठेघर, गर्भवती जाँच गरिनुको साथै बर्दिया अस्पतालका टिम वाट मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा दिइएको थियो ।
    स्वास्थ्य सेवाबाट बन्चित समुदायलाई नियमितरूपमा अस्पताल गई चेकजाँच गराई जोखिमबाट बच्नका लागि समेत शिविरमा परामर्श दिईएकाे थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij