Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सुनौलो महिला विकास बहुउद्धेश्यीय सहकारीको सार्वजनिक सुनुवाई

  • 1.7K
    SHARES
  •  

    बर्दियाको गुलरियामा रहेको सुनौलो महिला विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले सार्वजनिक सुनुवाई लिमिटेडले विहिवार बेसार प्रशोधन केन्द्र स्थापना पश्चातक सार्वजनिक सुनुवाई विहिवार सम्पन्न गरेको छ ।


    ADVERTISEMENT

    images

    कूल २२ लाख ६९ हजार ९ सय ५८ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको बेसार प्रशोधन केन्द्रको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । कामहरुको आर्थिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।

    6c4bc7ee-6291-4876-8189-45d932f7f7da.jpeg

    एकिकृत पशुपंछि विकास कार्यालय को कूल १७ लाख २ हजार ४ सम ६९ र संस्था को ५ लाख ६७ हजार ४ सय ८९ रुपैया गरी कूल२२ लाख ६९ हजार ९ सय ५८ रुपैया बराबरको बिच २०८१ वैशाखमा सम्झौता भइ प्रशोधन केन्द्र निर्माण भएको जानकारी दिदै संस्थाका अध्यक्ष इन्दिरा सुवेदीले प्रशोधन केन्द्रको कामहरु तथा संस्थाको आर्थिक प्रगति प्रतिवेदने प्रस्तुत गर्नु भएको थियो । उहाँले एकिकृत पशुपंछि विकास कार्यालयबाट प्राप्त रकम र संस्थाको केही रकम वाट वेसार प्रशोधन गर्नका निमित्त मेसनरी सामान खरिद गरिएको वताउनु भयो ।

    fe61541b-dd42-4c19-a309-97038c2e1aa0.jpeg

    कार्यक्रममा एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय वर्दियाका बागवानी प्राविधिक अधिकृत तिर्थ बहादुर खडकाले बर्दिया बेसार खेती का लागि उपयोगी रहेको बताउनु भयो । उहाँले जिल्लामा करिब २ सय ५० हेक्टर मा वेसार खेती गर्ने गरेको बताउँदै करीब १० देखी १२ मेट्रिक टन प्रती हेक्टर उत्पादन गर्न सकिने बताउनु भयो ।

    बिगत लामो समय देखी संस्थाले आर्थिक उपार्जनको क्षेत्रमा महिलालाई अग्रसर बनाउने कार्य गर्नुका साथै गाउ घरमा बेसार खेती खेती लगायत थुप्रै आय आर्जनका कार्यहरु गर्दै आएको नागरिक समाज वर्दिया का संयोजक हेमा सुनारले बताउनु भयो ।

    गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले सहकारीले गाउँ घरमा छरीएर रहेका महिलाहरुलाइ एकै छानामुनी ल्याएर उनीहरुलाइ आर्थिक रुपमा सबल बनाउँदै लगेको बताउनु भयो ।

    5455c874-2084-4855-9f10-7ac36e40ee42.jpeg

    गुलरिया नगरपालिकाका सहकारी शाखा प्रमुख कपिल घिमीरेले सहकारीले महिलाहरुको आर्थिक उपार्जनका क्षेत्रमा अग्रणी भुमिका खेलेको बताउँदै नगरपालिका संग निरन्तर समन्वय तथा सहकार्य गर्दै आइरहेको बताउनु भयो । संस्थाले गुलरिया नगरपालिका लाई आफनो कार्यक्षेत्र बनाई उनीहरुकोे आर्थिक उपार्जन तथा महिला शसक्तिकरणको क्षेत्रमा अग्रणी भुमिका खेलेको घिमिरेले बताउनु भयो ।

    संस्थाकी अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षता तथा गुलरिया नगरपालिका वडा नं ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्मक्रम सम्पन्न भएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij