Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको राजापुरमा विपद् पोर्टल तथा तथ्यांक व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • 1.3K
    SHARES
  •  

    बर्दियाको राजापुरमा विपद् पोर्टल तथा तथ्यांक व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    राजापुर नगरपालिका र युनिक नेपालको साझेदारी तथा ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोगमा सञ्चालित सुरक्षित आवास परियोजनाअन्तर्गत शुक्रबार अभिमुखीकरण गराइएको हो । 

    Screenshot_20240614-142900.jpg

    विपद् पोर्टलमा तथ्यांक व्यवस्थापन, तथ्यांकको प्रयोग तथा अभिलेखीकरण प्रक्रियामा पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले जानकारी दिए ।

    Screenshot_20240614-142813.jpg

    कार्यक्रममा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय विपद् व्यवस्थापन समिति, समुदायस्तरीय विपद् व्यवस्थापन समिति र रेडक्रसका प्रतिनिधिहरु, दुई वटै पालिकाका विपद् सम्पर्क व्यक्तिहरु तथा तयार नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    Screenshot_20240614-142750.jpg

    कार्यक्रममा विपद् पोर्टलमा तथ्यांक व्यवस्थापन, तथ्यांकको प्रयोगसहित मनसुनजन्य तथा आगलागीजन्य विपद्‍बाट प्रभावित घरको पुनर्निर्माणका लागि कार्यविधिका बारेमा समेत छलफल गरिएको थियो ।

    Screenshot_20240614-142731.jpg

    कार्यक्रमको सहजीकरण ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका प्राविधिक संयोजक लक्ष्मी प्रसाद भट्ट र सूचना व्यवस्थापन अधिकृत सविन श्रेष्ठले गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij