जवरजस्ती करणी गरेको आरोपमा बर्दियामा एक जना प्रकाउ परेका छन्।
गुलरिया नगरपालिका वडा नं. १ का ४० वर्षिय राकेश कुमार बंन्जारा प्रकाउ परेका हुन ।
घरमा सुतिरहेको अवस्थामा मंगलवार राती २ बजे सोही ठाउँकी २३ वषिय विवाहित महिलाको कोठामा प्रवेश गरी जवरजस्ती करणी गरेको आरोप बंन्जारा माथी रहेको प्रहरीले जनाएको छ।
पिडित पक्षले बुधवार प्रहरी चौकी खैरापुरमा दिएको जानकारीका आधारमा तत्कालै खटिएको प्रहरी टोलिले बंन्जारालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
नियन्त्रणमा लिईएका उनि माथी थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले बताउनु भयो ।