Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बालश्रम विरुद्ध अन्तरसंवाद

  • 1.1K
    SHARES
  •  

    विश्व बालश्रम विरुद्धको दिवसको अवसर पारेर बर्दियाको गुलरियामा सरोकारवालहरु संग अन्तरसंवाद कार्यक्रम  बुधवार सम्पन्न भएको छ। 


    ADVERTISEMENT

    images

    हरेक बर्ष जुन १२ तारिखका दिन मनाइने विश्व वालश्रम दिवस को अवसर पारेर जिल्लाका सरोकारवालाहरुसंग बालवालिका का विषयमा छलफल तथा अन्तरसेवाद कार्यक्रम भएको हाे । 

    62b69101-c6a0-47fc-91b3-881cd07f5491.jpeg

    थारु महिला उत्थान केन्द्रको आयोजनामा सामुदायिक सुरक्षा जालो अभियान अन्तर्गत भएको कार्यक्रमको  सहजिकरण संस्थाका तेजमणी पन्थले गर्नुभएको थियो ।   

    पन्थले वर्तमान अवस्थामा  वालवालिका को अवस्था बालश्रम के हो, बालश्रमका कारण , बालश्रमका लागि जिम्मेवार    व्यक्ति , व्यवस्थापन पक्ष जस्ता कुराहरुमा प्रकाश पार्नु भएको थियो ।

    मुख्तः कानुनले काम गर्न तोकेको उमेर भन्दा कम उमेरका वालवालिका लाई यदि कसैले श्रममा लगाउछ भने त्यो बालश्रम भित्र पर्ने भएको हुदा कसैले पनी बालवालिका लाई कामम नलगाउन  थारुमहिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले आग्रह गर्नुभयाे ।

    7beb01f0-aa48-4f05-bdf3-b04fce4e9f89.jpeg

    एन जि ओ ले चलाएको कुनैपनी कार्यक्रम निरन्तर नचल्ने भएका हुदा  बालश्रमका  सबै कुराहरुको जिम्मेवारी राज्यले लिनु पर्दछ । नियमन निकाय मौन रहेको देखिन्छ । गरीब वर्गका  बालवालिकाहरु गरिवीका कारण काम गर्न बाध्य रहेको सहभागि मणी पन्थी ले बताउनु भयो । 

    दलित सेवा संघकी संयोजक हेमा सुनारले बालश्रम गराउनु गलल हो  यसलाई कुनैपनी बहानामा प्रयोग गर्न पाइदैन भन्ने कुरामा जोड दिनु भयो ।

    e08ee535-08f5-4f38-bb46-4e1da94e10dc.jpeg

    कार्यक्रमकी प्रमुख अतिथी गुलरिया नगरपालिकाकी  उप प्रमुख सावित्रा गौतमले प्रायः अहिले को अवस्थामा केही भएपनि मधेसी समूदायमा बालश्रम  देखिएको बताउनु भयो ।  स्थानिय सरकार यो विषयम संवेदनशिल रहेर काम गरिराखेको जानकारी गराउँदै  स्थानीय सरकारले एक्लै गरेर पनी नहुने भएको हुदा सबै अभिभाव, बुद्धिजिवी सरोकारवाला हरुको साथ र सहयोग को आवश्यकता रहेका गौतमले बताउनु भयो । 

    कार्यक्रममा  जिल्ला प्रहरी कार्यलय, स्थमियतहका प्रतिनिधी, शिक्षक, निर्माण व्यवसायी संघका अध्यक्ष हेमन्त गिरी लगायत संघसंस्थाका प्रतिनिधि लगायत संचारकर्मीहरुको उपस्तिथी रहेको थियो । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij