सरसफाई सम्बन्धि ६ असल व्यवहारहरु आफ्नो दैनिक जीवनमा लागू गरेका सुनौला हजार दिनका आमाहरुलाई बर्दियाको राजापुरमा सम्मान गरिएको छ ।
खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन कार्यक्रममा नियमित रूपमा सहभागी भई ६ वटा सुचकहरुः दैनिक जीवनमा लागू गरेका राजापुर नगरपालिका वडा नं ३ का नमुना परिवारका ४० जना सुनौला हजार दिनका आमाहरुलाई सम्मान गरिएको हो ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडियामा आयोजित खानेपानी सरसफाई स्वच्छता प्रबद्र्धन उन्मुख घरधुरी घोषणा कार्यक्रममा उनिहरुलाई राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी र वडा नं. ३ का वडा अध्यक्ष प्रसादु थारुले संयुक्त रुपमा सरसफाई सामग्री तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा संचालित सशक्त बालिका परियोजना अन्तर्गत सञ्चालित घरघुरी तहमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम मार्फत उनिहरुलाई सम्मान गरिएको हो ।
वडा तथा समुदायस्तरमा खानेपानी सरसफाई स्वच्छता सम्बन्धी ६ वटा सुचकहरुः चर्पीको गुणस्तर तथा प्रयोग, जोखिपूर्ण समयमा साबुन पानीले हात धुने अभ्यास, महिनावारी सरसफाई, खानेपानीको सुरक्षा, हात धुने स्थान, खानाका स्वच्छता एबं सुरक्षा, घर तथा आँगनको सरसफाईको अवस्थाको बारेमा घरधुरी सर्बेक्षण तथा अनुगमन पश्चात नमुना परिवारमा छनौट गरी सम्मान गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाकी फिल्ड सुपरभाईजर दिक्षा विष्टले वताउनु भयो ।