Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरमा दिगो माछा मार्ने विधि, नदी अनुगमन तथा नदी खण्ड सह–ब्यवस्थापन सम्वन्धि तालिम सञ्चालन

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    बर्दियाको राजापुरमा दिगो माछा मार्ने विधि, नदी अनुगमन तथा नदी खण्ड सह–ब्यवस्थापन सम्वन्धि तालिम सञ्चालन गरिएको छ ।


    ADVERTISEMENT

    images

    कर्णाली नदीमा ओत संरक्षणकालागि नदीमा आश्रित समुदायको जिविकोपार्जन तथा अभिभावकत्व सवलिकरण परियोजना अन्तरगत सोनाह विकास समाजले तालिमको आयोजना गरेको हो ।

    बिश्व बन्यजन्तु कोष नेपालद्धारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकार अन्तर्गत दार्विन इनिसिएटिभको सहयोगमा, सोनाहा बिकास समाज बर्दिया, डल्फिन संरक्षण केन्द्र कैलाली, मुक्त कमैया महिला बिकास मञ्च कैलाली र साना स्तनधारी संरक्षण तथा खोज अनुसन्धान केन्द काठमान्डौ, द्वारा परियोजना संचालित छ ।

    कर्णाली नदी तथा नदीका माछामा आश्रित सोनाह तथा थारु समुदायलाई सवलिकरण गर्दै आफ्नो नदी खण्ड सह–ब्यवस्थापन गर्दै नदीमा हुने अवैध गतिविधी रोकी स्वच्छ र सफा कर्णाली नदी वनाउन सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको सोनाह विकास समाजका कार्यक्रम संयोजक रत्न के. सी.ले वताउनु भयो ।

    तालिममा कर्णाली नदीको तल्लो तटमा आश्रित समुदायको बस्ती अनुसार कैलालीको लम्किचुहा नगरपालिकाको बलचौर देखि बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ४ छेदिया सम्म गठन गरिएका १५ वटा सामुदायिक नदी खण्ड ब्यवस्थापन समुहहरु बाट ४५ जनाको सहभागिता रहेको छ ।

    २ दिन सम्म चल्ने तालिममा नेपालको जलश्रोत र जलीय जिवहरुको सिंहवालोकन तथा आइयुसियन को आधारमा संरक्षण स्थिति, समुदायमा–आधारित नदी अनुगमन, समुदायमा आधारित नदी अनुगमनको तरिका र दस्तावेजीकरण, नदीखण्ड संरक्षणको लागि सह–व्यवस्थापन, समुदायको स्वामित्वमा आधारित नदीखण्ड संरक्षणको लागि सह–व्यवस्थापन एवमअभ्यासका प्रक्रियाहरु तथा दिगोरुपमा माछा समात्ने अभ्यासहरु र माछा समात्ने साधन तथा उपकरणहरुको चिनारीका वारेमा सहजिकरण गरिने आयोजकले वताएको छ ।

    तामिको सहजिकरण मत्स्य संरक्षण तथा मत्स्य खेती विज्ञ सुरेश कुमार वाग्लेले गरिरहनु भएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij