Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विद्यालयका वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    गेरुवा गाउँपालिकाको वडा नं. ३ मा विद्यालयका वालवालिकाहरुलाई  शैक्षिक सामग्री वितरण गरिएको छ ।


    ADVERTISEMENT

    images

    वडा कार्यालयबाट विनियोजित रकम खर्चेर विपन्न, गरिव र जेहेन्दार वाल वालिकाहरुलाई लाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

    शैक्षिक सामाग्री (1).jpg

    नेपाल राष्ट्रिय आधारभूत विद्यालय गणेशपुरका ९ जना तथा सरस्वती आधारभूत विद्यालय वनकट्टीका १४ जना छात्रछात्र गरी २३ जना विपन्न, गरिव र जेहेन्दार छात्रछात्रा लाई शैक्षिक सामाग्री वितरण गरिएको  वडा कार्यालयकी सचिव अमृता बजगाँईले बताउनु भयो ।

    शैक्षिक सामाग्री.jpg

    गुणस्तरीय शिक्षामा सहयोग गर्न, विद्यालय छोडने विद्यार्थीको दर घटाउन, बालविवाह न्युनिकरणमा सहयोग पुऱ्याउन तथा दिगो विकास लक्ष पुरा गर्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष निर्मल थारुले बताउनु भयो ।

    शैक्षिक सामाग्री (3).jpg

    वडा नं. ३ को कार्यालयमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा सदस्यहरु, अभिभावक, शिक्षक तथा वालवालिकाहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij