Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । निश्चित सूचकहरू पूरा गरेको आधारमा आईतवार एक कार्यक्रमकाबीच गेरुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।


    ADVERTISEMENT

    images

    घाेषणा सभा (1).jpg

    ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ पालिका स्तरिय खोप समन्वय समितिका अध्यक्ष एवम गाउँपालिका अध्यक्ष जमान सिंह के. सी.को अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शुर्य वहादुर विष्टले पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गर्नुभएकाे हो ।

    Screenshot_20240609-210817.jpg

    घोषणा पश्चात जिल्ला समन्वय समिति बर्दियाका प्रमुख विष्ट र प्रमुखजिल्ला अधिकारी रुदादेवि शर्माले संयुक्तरुपमा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी. र उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीलाई प्रमाणत्र हस्तान्तरण गर्नुभएकाे थियाे। घोषणा सभामा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख विष्ट, प्रमुखजिल्ला अधिकारी शर्मा, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रविण धिताल र स्वास्थ्यकार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले शुभकामना मन्तब्य राख्नुभएको थियो । 

    Screenshot_20240609-211128.jpg

    पहिलो चरणमा पालिकाका ६ वटा वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको र हाल सोही तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकामा जन्मेदेखि १५ महिनाका ५ सय ७८ र १६ देखि ५९ महिनाका १ हजार ५सय ७८ जना बालबालिकाले १५ महिना भित्र पाउँनु पर्ने सबै प्रकारका खोप लगाएको तथ्यांक रहेको छ ।

    Screenshot_20240609-211358.jpg

    गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्थाले २३ वटा खोप केन्द्रबाट हरेक महिना तोकिएको मितिमा नियमित रूपमा खोप सेवा प्रदान गर्दै आएको छ ।

    Screenshot_20240609-211443.jpg

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij