Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

१ लाख ३१ हजार बढी नगदसहित जुवा खालबाट ७ जना पक्राउ

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    बर्दियाको गुलरियाबाट १ लाख ३१ हजार बढी नगदसहित जुवा खालबाट ७ जना पक्राउ परेका छ्न ।


    ADVERTISEMENT

    images

    गुलरिया नगरपालिका – २ स्थित हिना राइस मिल पछाडि छापा मारेर प्रहरीले ७ जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

    हिना राइस मिल पछाडि सगुनको रुखहरुको विचमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर ७ जना जुवाडेसहित एक लाख ३१ हजार २०५ रुपैयाँ नगद बरामद भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

    तास खेली रहेको अवस्थामा जुवाको खालबाट पक्राउ पर्नेहरुमा गलरिया १ का ३३ वर्षीय आशुतोष यादव, गुलरिया ७ का ४६ वर्षिय श्याम शर्मा, गुलरिया ८ का ३७ वर्षिय विनोदकुमार थारु, राजापुर २ का ६० वर्षिय राजाराम थारु, राजापुर ६ का ५२ वर्षिय धुर्व देवकोटा (दाताराम), ठाकुरवावा १ का ३२ वर्षिय सन्दिप कुमार थापा र गेरुवा ६ का ३० वर्षिय मोहरमली कुरेसी रहेका छन् ।

    जुवाडेहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij