Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कृषि तथा पशु विकासमा आधारित परियोजनाको अनुगमन

  • 1.3K
    SHARES
  •  

    बारबर्दिया नगरपालिकामा परियोजनाले गरेको क्रियाकलापको अनुगमन गरिएको छ ।


    ADVERTISEMENT

    images

    बारबर्दिया नगरपालिका बर्दिया र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा थारु महिला उत्थान केन्द्रको सहजीकरणमा संचालित कृषि तथा पशुविकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजनाको अनुगमन गरिएको हो ।

    नगरपालिकाको ४, ८ र ११ नं. वडामा गठित मुल समुह र उपहार स्वावलम्बि समुहको बाख्रा उपहार, खोर सुधार, भकारो सुधार र तरकारी खेतीको अवलोकन गरिएको छ ।

    परियोजना अन्र्तगत संचालन गरिएको हेफर आधारशिला तालिम, जलवायू मैत्री पसुको उचित ब्यवस्थापन तालिम र तरकारी खेती सम्बन्धि तालिमको प्रभावकारीता, आयआर्जन, समाजिक पुँजी निर्माण र स्वावलम्बि समुहको प्रगति सम्बन्धि छलफल समेत गरिएको छ ।

    Untitled design (29).jpg

    अनुगमन पश्चात पालिका स्तरिय परियोजना अनुगमन तथा समन्वय समितिको त्रैमासिक बैठक पनि बसेको थियो । उक्त बैठक नगर प्रमुख छविलाल थारुको अध्यक्षतामा भएको हो । बैठकमा नगर उप प्रमुख रत्न कुमारी पाण्डे, प्रभुख प्रशाकिय अधिकृत धर्मराज न्यौपाने, वडा अध्यक्ष, कार्यपालिका समिति सदस्य, बारबर्दिया अन्र्तगत रहेका विषय गत शाखाका प्रमुख एवं प्रतिनिधिहरु हेफर ईन्टरनेश्नल नेपालको क्षेत्रिय प्रवन्धक प्रकाश शर्मा लगायतका टिम र थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारु लगायतको उपस्थिति रहेको थियो ।

    परियोजनामा आवद्ध सदस्यहरुको क्षमता अभिबिद्धि, आय आर्जन क्रियाकलापमा आवद्ध गराउने तथा प्राविधिक सहयोग, दिगो रुपमा स्वावलम्बि समुह संचालन तथा आय आर्जन अभिबृद्धिको लागी सहकारी मार्फत विभिन्न आय मुलक क्रियाकलाप संचालन गर्न लगाउने रहेको परियोजना संयोजक किशोर थारुले जानकारी गराउनु भयो ।

    सहकारी मार्फत स्वावलम्बि समुहका सदस्यहरुले उत्पादन सामुहिक बजारीकरण गरि विविकोपार्जनमा सुधार गर्ने उद्देश्यले यो परियोजना संचालन भएको हो । परियोजनामा २ हजार २ सय ६९ घरपरिवार आवद्ध रहेका छन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij