Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जलवायु परिवर्तन तथा जोखिम प्रतिकार्यका लागि क्षमता विकास तालिम

  • 1.5K
    SHARES
  •  

    थारु महिला उत्थान केन्द्रले बिभीन्न परीयोजना मार्फत समुदाय स्तरमा बिगत लामो समय देखीजनचेतना मूलक काम गर्दै आइरहेको छ । बर्दियाको बिभीन्न क्षेत्रमा समाजलाइ आवश्यक परेका बिषयलाइ उठान गरी संस्थाले समाजमा समुह तथा संजालमार्फत काम गर्दै आइरहेको छ ।


    ADVERTISEMENT

    images

    यसै अभियान अन्र्तगत बर्दियाको मधुवन र गुलरीया नगरपालिका गरी दुइ स्थानका सामुदायीक सुरक्षा जालो अभियान कर्ताहरुको लागी दुइ दिने जलवायु परिवर्तन तथा जोखिम प्रतिकार्यकालागि समूह र संजालका अगुवाहरुलाई क्षमता विकास तालिम सम्पन्न गरेको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले बताउनु भयो ।

    जिल्लामा गठीत बिभीन्न समुह तथा संजालमा सामुदायीक सुरक्षा जालो अभियानकर्ताहरु समावेश भएका महिला हरुलाइ आफनो गाउँ ठाउँको समस्या हरुलाइ सम्बन्धित निकायमा कसरी लग्न सकिन्छ तथा कसरी नेतृत्वदाइ भूिमका निर्वाह गर्न सकिन्छ भन्ने उद्देश्य राखेर क्षमता विकास तालीम दिइएको प्रशिक्षक मुकुन्द अर्यालले बताउनु भयो ।

    नुतन (1).jpg

    तालिममा सहभागि मधुवन नगरपालिकाा वडा न १ का आशुराम चौधरीले वाढी आउदा पाउने सुचना, कसरी प्रतिकार गर्ने र वाढी पछी गर्नुपर्ने सुधारहरु वारे धेरै कुरा सिकेको बताउनु भयो ।

    प्रशिक्षकले निकै सरल तरिकाले तालिममा सहजिकरणगरी तालिम दिनु भएको बताउँदै आफूले पनि अब समुदाय स्तरमा गएर जानेका कुराहरु सिकाउने गुलरिया नगरपालिका वडा नं ५ की सिमा चौधरीले बताउनु भयो ।

    तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij