Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवामा किशोरकिशाेरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन हुँदै

  • 1.5K
    SHARES
  •  

    गेरुवा गाउँपालिकामा किशोरकिशारी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन हुने भएको छ ।


    ADVERTISEMENT

    images

    राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान ईन्टरनेशनल नेपालको साझेदारी तथा कोईकाको आर्थिक सहयोगमा परियोजना सञ्चालन सञ्चालन हुने भएको हो ।

    किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन र अधिकारमा पहुच बढाउन अझै आवश्यक भएकोले परियोजनाको दोस्रो चरण गेरुवा गाउँपालिकामा कार्यान्वयन गर्न लागिएको यौन परियोजना संयोजक सुरज अर्यालले बताए ।

    रोजगार रणनीति (7).jpg

    आधारभूत विद्यालय, समुदाय र स्वास्थ्य संस्थालाई कार्यक्षेत्र वनाएको परियोजनाले किशोरकिशोरी र युवाहरूको यौन प्रजनन स्वास्थ्य अधिकार सुधार गर्न समुदायका सदस्यहरूलाई संलग्न गराउदै यौन प्रजनन स्वास्थ्य अधिकार बारे परिवार समुदायमा चेतना बढाउने तथा सजना भएका मागहरुलाई सम्बन्धित सेवा प्रदायकहरु जस्तै स्वास्थ्य संस्था विद्यालयवाट पुरा भएका र स्थानीय तहले प्राथमिकता दिएका करा सुनिश्चित गर्ने लक्ष लिएको परियोजना संयोजक अर्यालले जानकारी गराए ।

    उनका अनुसार कक्षा ६ देखि १२ सम्मका किशोरकिशोरी, अभिभावक ,परिवार तथा समुदाय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ,स्वाध्य कर्मि, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, सामुदायिक महिला, स्वास्थ्य स्वयसेविका, समुदायका अगुवा तथा धार्मिक गुरु तथा स्थानीय सरकार परियोजनाको लक्षित समुह हो ।

    रोजगार रणनीति (6).jpg

    ‘परियोजनाले नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बाल बालविवाह र किशोरावस्थामा हुने गर्भपतन न्यूनीकरणमा योगदान पु¥याउने , दिगो प्रभावको लागि प्रथम चरणको परियोजनाबाट प्राप्त उपलब्धिहरू र सिकाइहरुलाई अवलम्बन गर्ने , किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको उदीयमान माग पूरा गर्ने तथा किशोरकिशोरीको योन तथा प्रजनन स्वास्थ्य र अधिकार प्रतिको धारणा र व्यवहारमा परिवर्तन ल्याउने गरि परियोजनाले काम गर्नेछ ।’ परियोजना संयोजक अर्यालले वताए ।

    परियोजना अन्तरगत हुने विभिन्न किसिमकम भेला, वैठक, अभिमुखिकरण, क्षमता विकास तालिम, सम्वाद, विद्यालयमा महिनावारी व्यवस्थापनका लागि आराम कक्षको स्थापना तथा किशोरकिशोरीमैत्री सूचना कक्षको स्थापना, स्वास्थ्य सेवालाई किशोरकिशोरी मैत्री वनाउन सहयोग, सामुदायिक सहजकर्ताको विकास तथा परिचालन लगायतका क्रियाकलापमा यस वर्ष करिव ७२ लाख ९५ हजार रुपैँया गेरुवा गाउँपालिकामा खर्च गरिने जानकारी गराईएको छ ।

    रोजगार रणनीति (4).jpg

    परियोजना सञ्चालन पश्चात योन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धमा किशोरकिशोरी, उनीहरुको परिवार र समुदायको ज्ञान, धारणा र व्यवहारमा सुधार आउने एवं स्थानीय तहमा किशोरांकशोरी योन तथा प्रजनन स्वाथ्य र अधिकार सेवाको प्रावधानमा सहिकरण हुनेछ । जस्का कारण योन तथा प्रजनन स्वास्थ्य र अधिकार प्रवर्द्धन हुनुका साथै किशोर किशोरीहरुले स्वस्थ जिवन शैली अपनाउने विश्वास लिईएको छ ।

    गेरुवा गाउँपालिका लगायत मधुवन, गुलरिया, ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा समेत सञ्चालन हुने परियोजना २०२६ डिसेम्वर २६ सम्म सञ्चालनमा रहने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij