गेरुवा गाउँपालिकाको रोजगार रणनीतिको मस्यौदा माथी बिहीवार छलफल गरिएको छ ।
मस्यौदाको रूपमा तयार पारिएको रोजगार रणनीति लाई पुर्णता दिनका लागि छलफल चलाईएको हो ।
रोजगार सेवाको अवस्था, नक्सांकन, स्थानीय श्रम बजारमा श्रमिकको माग र उपलब्ध श्रम शक्तिको अवस्था, रोजगारी सिर्जना गर्ने विभिन्न क्षेत्र र आयाम लगायत विषयलाई प्राथमिकतामा राखी ५ वर्षे रोजगार रणनीति मस्यौदा २०८-२०८५ तपार पारिएको रोजगार सेवा केन्द्र प्रमुख राज्य लक्ष्मी झा ले बताईन ।

परामर्शदाता यमलाल ढकालले रोजगार रणनीति मस्यौदा, रोजगार सेवाको नक्सांकनसंगै धारणा संकलन तथा बेरोजगारको अवस्था, अवसर, चुनौति तथा समाधानका उपायहरुबारे प्रस्तुतिकरण गरेका थिए ।
प्रस्तुतीकरण पछी ५ वर्षे रोजगार रणनीति मस्यौदा लाई पूर्णता दिन सहभागीहरुबाट सुझाव संकलन गरिएको थियो ।

कार्यक्रममा गाउँ पालिका अध्यक्ष जमान सिंह के.सी. ले तालिम र सीप प्रदान गरेर रोजगारीका अवसर सिर्जना गर्ने गरी काम गरिने बताए । उनले पालिका धेरै भन्दा धेरै अवसर सिर्जना गर्ने विषयमा गम्भीर रहेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख, रोजगारसंग सम्बन्धित सरोकारवाला लगायत उपस्थित रहेको रोजगार सेवा केन्द्रका रोजगार सहायक कैलाश लामिछानेले बताए ।