वर्दियाको मधुवन नगरपालिकामा स्थानीय एकीकृत पाठ्यक्रमबारे तीन दिने कार्यशाला सञ्चालन गरिएको छ ।
गर्ल्स स्ट्यान्डिङ स्ट्रङ्ग (GSS) परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहयोग र मधुवन नगरपालिका शिक्षा इकाईको आयोजनामा बिहीवार देखि कार्यशाला सञ्चालन गरिएको हो।

एकीकृत पाठ्यक्रम र गुणस्तरीय शिक्षाको यसको महत्त्व बारे आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु भयो ।
कार्यशालाको उद्घाटन सत्रमा मधुवन नगरपालिकाकी उप प्रमुख अनीता चौधरी ले विद्यालयमा गुणस्तरीय शिक्षा सुधार र एकीकृत पाठ्यक्रम लागू गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले वर्तमान परिस्थितिमा शिक्षाको महत्वका साथै एकीकृत पाठ्यक्रम,शिक्षक निर्देशिका र पाठ्यक्रमलाई राम्रोसँग कार्यान्वयन गर्न शिक्षकलाई उत्प्रेरित गर्नु भएको थियो ।
कार्यशाला मा करीब ३४ जनाको सहभागीता रहेको थियो । सहभागीहरुले आफ्ना विद्यालयहरूमा पाठ्यक्रम र शिक्षकको निर्देशन लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कामक्रमहरु अरुका दिनमा हुनुपर्ने बताए ।

कार्यक्रममा बाँके का युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले पछिल्लो अवस्थामा संस्थाले वर्दिया जिल्लामा विभिन्न विद्यालय र समुदाय स्तरमा गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
उपमेयर अनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मीनबहादुर थापा, शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनाल लगायत सरोकारवाला हरुको उपस्तिथी रहेको थियो भने कार्यक्रमको संचालन शिक्षा इकाइका खगेन्द्र खनालले गर्नु भएको थियो ।