१० औं महिनावारी स्वाच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ किशोरीहरुलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम वर्दियाको गुलरियामा सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको साझेदारीमा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुलाई १० औं महिनावारी स्वाच्छता दिवशको अवशरमा मंगलवार कार्यक्रम गरिएको जनाइएको छ ।
किशोरीहरुलाई महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा महिनावारीको विषयमा खुलेर छलफल भएको छ । समुदायमा विद्यमान रहेको नकारात्मक धाराणाहरुलाई चिरदै सकारात्मक सोचको विकास गरी यो एउटा नियमित प्रकृया र महिलाहरुको सरिरमा रहेको रगत सुद्धिकरण तथा स्वास्थ्यताको लागि महिलाहरु महिनावारीहुनु महत्वपुर्ण रहेको भन्दै हाम्रा विभिन्न नकारात्मक धाराणा, सोच, व्यवहार र जीवनशैलीलाई परिवर्तन गर्नका लागि किशोरीहरुको माध्यमद्धारा समुदायमा सचेतना फैलाउनका लागि क्षमता अभिबृद्धि गरीएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।
कार्यक्रमको सहजीकरण बर्दिया जिल्ला अस्पतालका डा. सुनिता भण्डारीले गर्नु भएको थियो भने कार्यक्रममा ४० जना किशोरीहरुको सहभागीता रहेको थियो ।
महिनावारीको आवश्यकता, महिनावारी चक्र, महिनावारीको बेलामा प्रयोग गरीने प्याड तथा ट्युव प्रयोग गर्ने तरिका, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, पेट दुखाइ तथा कालो डल्लो रगत बग्ने समस्याको व्यवस्थापन र औषधि सेवको प्रकृया वारे बर्दिया जिल्ला अस्पतालका डा. सुनिता भण्डारीलेजानकारी गराउनु भएको थियो ।

पोषण तथा सरसफाइ र स्वच्छताको व्यवस्थापन एवम् महिनावारी सम्बन्धी नकारात्मक भ्रम र अन्धविश्वास लगायत महिनावारी सम्बन्धी विविध विषयमा खुलेर छलफल हुनुपर्ने सहभागीले वताएका थिए ।
गुलरिया नगरपालिकाका नगर उपप्रमुख साबित्रा गौतमको अध्यक्षता र महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहको उपस्थिीतीमा भएको थियो । कार्यक्रमा उप प्रमुख गौतमले आफ्ना अनुभव साटासाट गर्दै समुदायमा घटेका थुप्रै घटनाहरुको उदाहरण सहित महिनाबारी भएको वेला स्वास्थ्य, सरसफाई र खानपिनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रम संचालक तथा बालिका शसक्त परियोजनाका कार्यक्रम अधिकृत ईश्वर बि.क. ले सशक्त बालिका परियोजना’ बर्दियाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका, तथा बढैयाताल गाँउपालिकामा विगत लामो समय देखि काम गर्दै आएको बताउनु भएको छ । गुणात्मक शिक्षाको विकास, स्वास्थ्य, सरसफाई, बालविकास, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, पोषण एवम खानेपानी, सरसफाइ तथा स्वच्छतालगायतका क्षेत्रमा काम गर्दै आएको विकको भनाइ रहेको छ ।