Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अत्याधिक गर्मीको कारण गेरुवा गाउँपालिकाका विद्यालय चार दिन बन्द

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    अत्याधिक गर्मीको कारण गेरुवा गाउँपालिकाले चार दिन विद्यालय बन्द गरेको छ ।


    ADVERTISEMENT

    images

    एक्कासी तापमान वढेर तातो हावाको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर देखिनथाले पछि बर्षे बिदावाट कटौती हुने गरी चार दिन विद्यालय बन्द गरिएको हो ।

    विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल प्रभाव देखिन थालेपछि विद्यालय बन्द गरिएको गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारीले वताए ।
    सामुदायिक तथा संस्थागत सम्पुर्ण विद्यालयहरू १७ गतेदेखि २० गतेसम्म बिदा हुने भएका छन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बिदा गर्नका लागि गाउँपालिकाले निर्णय गरेपछि बिदा गरिएको हो ।

    444480770_830624565764422_2652526007468981691_n.jpg

    गर्मी बढेसँगै स्वास्थ्य चौकीमा बिरामीको सङ्ख्या समेत बढ्दै गएको छ । गर्मीको कारण देखिने समस्याहरू लिएर आउने बिरामी बढेको स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले वताए ।

    उनलेले पानीको कमीले हुने समस्या, ज्वरो, रुघाखोकी का बिरामीहरू बढी आउने गरेको बताए ।

    बर्दियाको बढैया ताल गाउँपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकाले समेत सूचना जारी गर्दै आगामी जेठ १८ सम्मको लागि यस अघीनै विद्यालय बन्द गरिसकेको छ ।

    ठाकुरबाबा नगरपालिकाले गर्मी बढेपछि बिहानी कक्षा सञ्चालन गरिरहेको छ । बिहानी कक्षा सञ्चालन गरेपछि गर्मीको प्रभाव कम देखिएकाले विद्यालय बन्द नगरिएको ठाकुरबाबा नगरपालिकाकाले जनाएको छ ।

    केही दिनयता बर्दियालगायत पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको पाइएको छ । विशेष गरी दिउँसोको समयमा सडक तथा बजार व्यवसाय सुनसान देखिन्छ । बर्दियामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भएको अनुमान गरिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij