Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मानव बेचबिखन तथा ओसारपोसार विरुद्धस रोकारवालाहरूसँग अन्तरक्रिया

  • 1.3K
    SHARES
  •  

    मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध आइतबार गुलरियामा सरोकारवालाहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
    हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मुख्य नाराका साथ माइती नेपाल बर्दियाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार रोकयाम का लागी विभिन्न संघसंस्थाले सिमानाकामा गरेको कामको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले मानव बेचबिखन तथा ओसारपसारको कारण पारिवारिक समस्या नै मुख्य कारण रहेको बताउनुभयो । उहाँले अबको दिनमा विद्यालय शिक्षक गाउँका अगुवा बढघर स्थानीय जनप्रतिनिधिहरू का साथै सरोकारवाला हरुसँग छलफल तथा सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

    59f4f0cd-fc73-49c2-ad35-2454ee8d1ead.jpeg

    मानव बेचबिखनका विभिन्न कारणहरू रहेको बताउँदै पछिल्लो अवस्थामा खुला सिमा नाकामा खोलिएका स्थानीय बजारहरू, वैदेशिक रोजगारका नाममा अवैध बाटोको प्रयोगको बढ्दो प्रचलन विकराल रुपमा देखिएको बर्दिया बार एसोसिएनका अध्यक्ष कमलप्रसाद पाण्डेले बताउनुभयो । यसको रोकथामको लागि सचेतनाका कार्यक्रमहरू मार्फत सबैलाई सजग बनाउन जरुरी रहेको पाण्डेले बताउनुभयो ।

    मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध बेलाबेलामा विभिन्न सचेतनाका कार्यक्रमहरू स्थानीय पालिकाले गर्दै आएको गुलरिया नगरपालिका महिला बालबालिका शाखा प्रमुख शिला शाहले बताउनुभयो ।

    38f2a3c0-0cf4-4f35-9b54-545193018e58.jpeg

    कार्यक्रममा आफ्नो धारणा राख्दै नागरिक समाज संयोजक बर्दियाकी अध्यक्ष हेमा सुनारले खुला सिमानाका कारण सजिलै ओसारपसारका घटनाहरू भइरहेको बताउनु भयो । साथै पारिवारिक कलह लागूपदार्थ दुर्व्यव्यसन मुख्य जडोको रुपमा रहेको बताउदै पछिल्लो अवस्थामा बर्दियाको बलेगाउँ नाका र लौकाही नाकाबाट यस्ता घटनाहरू हुने गरेको हुँदा निगरानी समूह बढाउनुपर्ने कुरामा .सुनारले जोड दिनुभयो ।

    कार्यक्रममा माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बर्दियाको तीनवटा पालिका अन्तर्गत गुलरिया नगरपालिकाको सुरजपुर, मधुबन नगरपालिका को शक्तिपूर र बढैया ताल गाउँपालिका को फुटाहा मा सुचना तथा परामर्श केन्द्र स्थापना गरी काम गर्दै आएको बताउनुभयो ।

    बर्दियाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल को प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लामा रहेका सामाजिक क्षेत्रमा काम गरिरहेका सरोकारवाला व्यक्ति संघसंस्थाका प्रतिनिधि नागरिक समाज लगायत जिल्लाका अधिवक्ताहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij