Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाघको आक्रमणबाट बर्दियाकाे बाँसगढीमा महिलाको ज्यान गयाे

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    बाघको आक्रमणबाट बर्दियाको बाँसगढीमा एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
     
    बाँसगढी नगरपालिका वडा नम्बर ४ बढुवा गाउँ नजिक आज दिउँसो २ बजेतिर जनचेतना सामुदायिक वन किनारमा बाघको आक्रमणबाट बाँके बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षिया मनिषा रोकायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
     
    बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ हस्नापुरबाट बर्दिया बाँसगढी नगरपालिका ४ मा दिदि कैलाशपति थारुसंग दिदिकोघर तर्फ जाँदै गर्दा जनचेतना सामुदायिक वन क्षेत्रको किनारमा रोकायलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
     
    बाघको आक्रमणबाट महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । महिलाको घाँटीमा आक्रमण गरेको छ । इलाका प्रहरी कार्यालय बाँसगढीबाट गएको प्रहरी टोलीले घटनास्थल पुगि शवलाई पोष्टमाटमका लागि जिल्ला पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij