Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सकारात्मक यौनिकता सम्बन्धि सम्बाद कार्यक्रम सम्पन्न

  • 1.5K
    SHARES
  •  

    वर्दियाको गुलरियामा सकारात्मक यौनिकता सम्बन्धि सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    यौनिकता सम्बन्धीको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले प्लान इन्टरनेसल को आर्थिक सहयोगमा शसक्त बालिका परियोजना अन्तर्गत बाके युनेस्को क्लबको आयोजनामा कार्यक्रम गरिएको वाके युनेस्को क्लब वर्दियाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।
    छलफल कार्यक्रममा वृतचित्र मार्फत सकारात्मक यौनिकता सम्बन्धि जानकारि गराउँदै कानुनले प्रदान गरेका हक अधिकार को वारेमा छलफल गरिएको लामिछाने ले बताउनु भयो ।

    d75f9292-52c1-4976-bf01-29c2f11ab0d8.jpeg

    वर्तमान अवस्थामा अझैपनि विद्यालय स्तरीय वा समुदाय स्तरमा यौनिकता वारे खुलेर छलफल नभएको संस्थाका कार्यक्रम अधिकृत इश्वर विकले बताउनु भयो । कार्यक्रमको सहजिकरण गर्नु भएको विकले आगमी दिनमा खुलेर छलफल हुनुपर्ने कुरामा जोड दिनु भयो । योनिकता बारे केवल बालबालिका किशोर किशोरीलाई मात्र न भै हामी सबै उमेर र वर्गका मानिसले खुलेर बहस र बुझ्न पर्ने अवश्यकता रहेको नागरिक समाज संजाल अध्यक्ष हिमा सुनारले बताउनु भयो । यौनिकताको विषयलाई सहज रुपमा घर बाट सुरुवात गर्न पर्ने बताउनु भयो ।

    e2a676e1-d7ed-4080-bbcd-87bf91918cf9.jpeg

    समाजमा देखिदै आएका गलत वा हानिकारक अभ्यासको उचित ब्यबस्थापन गर्न विद्यालय स्तरिय,धार्मिक संजाल, नागरिक समाजका साथै बिभिन्न क्षेत्र र समुदायका अगुवाहरुले यौनिकता , बालविवाह सम्बन्धिका कुराहरु खुलेर छलफल र बहस गर्नु पर्नेमा सहभागी ले जोड दिएका थिए ।

    मुख्यतय यौनिक्ताबारे विद्यालय मा नै खुलेर छलफल गर्नु पर्ने संचारकर्मिहरुले आफ्नो धारणा राखेका थिए । उनिहरुले समाजमा सुधार गर्नुपर्ने धेरै कुराहरुमध्ये बालविवाह, बालवालिका को गलत कुलत संगत , बढदो उमेरमा हुने शाररिक तथा मानसिक परिर्वतनका वारेमा छलफल हुनुपर्ने कुरामा जोडदिएका थिए ।

    c01a1699-23fa-43a8-9361-152531220753.jpeg

    आजको व्यस्त समाजमा कसैले कसैको प्रति चासो नदिनु समुहमा बसेर खुलेर छलफल हुन नसक्नु पनि बालवालिका गलत बाटोमा हिडन नसक्नु पनी कारक तत्व हो । अभिभावक ले आफ्ना वालवालिका प्रतिको जिम्मेवारी बुझी बालवालिक संग बसेर खुलेर छलफल ले केही नकारात्मक पक्षको यूनिकरणमा टेवा पुग्ने सरोकारवालाले बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ् वर्दियाका अध्यक्ष यादब आचार्य, नागरिक समाज संजाल अध्यक्ष हिमा सुनार, गुलरिया नगरपालिका शिक्षा शाखा प्रमुख शतिस यादव विभिन्न बिधालयका किशोर किशोरी, धार्मिक संजालका अगुवा लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij