Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मानव-वन्यजन्तु सह-अस्तित्व कायम राख्न ब्यवहार परिवर्तनका लागि सचेतना कार्यक्रम

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालिकामा विद्यार्थी र समुदायलाई व्यवहार परिवर्तनकालागि सचेतना कार्यक्रम कोथालनी गरिएको छ।


    ADVERTISEMENT

    images

    मानव-वन्यजन्तु सह-अस्तित्व कायम राख्न ब्यवहार परिवर्तन परिवर्तनकालागि सचेतना कार्यक्रम थालिएको हो ।
    मधुवन नगरपालिकाको आर्थिक सहयोग, डिभिजन वन कार्यालय बर्दियाको सहकार्य र खाता सामुदायिक वन समन्वय समिति मधुवन बर्दियाको आयोजनामा कार्यक्रम शुभारम्भ गरिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताए ।

    Messenger_creation_179a3499-f5ec-4573-b336-8b2b18ddd6e0.jpeg

    कार्यक्रममा सहभागीहरुलाई मानव-वन्यजन्तु विच सह-अस्तित्व कसरी कायम गर्ने, वन्यजन्तुका आनिवानी, र वन्यजन्तु वाट बच्ने उपाय, र राहत निर्देशिका २०८० का बारेमा जानकारी गराउँदै लागू औषध, चेलिबेटी बेचबिखन, बाल विबाह न्यूनीकरण गर्न अभिभावकको भुमिकाका बारेमा जानकारी गराईने अध्यक्ष गुरुङ्गले बताए ।

    भारतिय जंगल तथा सामुदायिक वनक्षेत्र नजिक रहेका विद्यालय र समुदायलाई लक्षितगरि मधुवन नगरपालिका ७ वटा वडाहरुमा कार्यक्रम सञ्चालन गरिने छ।

    ब्यवहार परिवर्तन सचेतना कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय बर्दिया, ईलाका प्रहरी कार्यालय ढोढरी, वी ग्रुप र खाता सामुदायिक वन समन्वय समितिका प्रतिनिधिहरुले गर्ने आयोजकले बताएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij