बालबालिकाको बिधालयमा पहुच का साथै सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मुल नाराका साथ नेपाल सरकारले संचालन गरि रहेको बिधार्थी भर्ना अभियान अन्तरगत बाँके युनेस्को क्लवले बर्दियाको ३ पालिका संग समनवय गरि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ।
गुलरिया नगरपालिका , मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकामा बिधार्थी भर्ना अभियान कार्यक्रम संचालन भै रहेको बाँके युनेस्को क्लवल जनाएको छ ।
बाँके युनेस्को क्लव र प्लान ईन्टरनेशनल नेपालको सहयोगमा वडा स्तरीय किशोर समूह गठन गरिनुका साथै पहिलो चरण मा बैशाख २ गते देखि बैशाख ७ गते सम्म टोल टोलमा घरदैलो कार्यक्रम गरिने शसक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।
बिद्यालय संग सहकार्य गर्देै किशोरी क्लवका सदस्यहरुले सो अभियानलाई प्रभावकारी बनाउन टोल टोलमा बिद्यालय संगसंगै परिचालित भई बिद्यालय बाहिर भएका बालबालिकालाई बिधालयसम्म जानकालागि अभिभावक तथा बालबालिका संग हातेमालो गरि शिक्षाको महत्त्व र आजको आवश्यकता बिषयमा परामर्श उपलब्ध गराईरहेको लामिछानेले बताउनु भयो ।
साथै दोस्रो चरण अन्तरगत बैशाद ९ गते देखि बिधार्थीलाई स्कुलमा भर्ना गर्न पठाउन, बाहिर रहेका बिधार्थी पहिचान गरि पढाई निरन्तरता का लागि अति पिपन्न परिवारलाई शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने, अशक्त अपांगताको पहिचान गरि सहयोग गर्ने जनाइएको छ ।