Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न

  • 1.7K
    SHARES
  •  

    बर्दियाको ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारामा तीन दिने  लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    ‘शसक्त बालिका परियोजना’ अन्तर्गत बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा तालिम सम्पन्न भएको हो ।

    बर्दिया जिल्लाका ६ वटा स्थानीय तह गुलरिया, राजापुर, बारबर्दिया र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल गाउपालिकाका १२ वटा बिद्यालयका प्रधानाध्यापक एवम लैगिंक समानता तथा सामाजिक समावेशकिरण सम्पर्क शिक्षक गरी २७ जना शिक्षक लाई तालिममा सहभागी गराईएको बाँके युनेस्को क्लवका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।

    शिक्षकहरुलाई अध्यापनमा सहजता ल्याउनका लागि बिद्यार्थीहरुको मानसवटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउनुका साथै नैतिक शिक्षामा जोड, बिधार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुगोस भन्ने हेतुले तालिमको सञ्चालन गरिएको लामिछानेले बताउनु भयो ।

    विमा रकम (14).jpg

    तालिममामा सहभागी शिक्षिका साबित्रा आर्चायले तालिम अतिनै उपलब्धिमुलक, समय सान्र्दभिक, लैगिंक अवधारणामा परिवर्तन तथा व्यवहारिक शिक्षण सिकाई उपलब्धिमा सहयोग पुग्ने बताउनु भयो ।

    तालिम सबै विद्यालयका सबै शिक्षकहरुलाई उपलब्ध गराउनु पर्नेमा जोड दिदै यस शसक्त बालिका परियोजनाले बिधालयको शैक्षिक गुण्स्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृत्व विकास र अध्ययनमा सहयोग पुगिरहेको सहभागीले बताए ।

    तालिम समापनको अध्यक्षता गर्नु भएका ठाकुरबाबा नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं. ८ का अध्यक्ष टेक बहादुर बडुवालले बिद्यालयमा बिधार्थीहरुलाई नैतिक शिक्षा र जिम्मेवारी बोधगर्ने खालको शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

    बैशाख २ गते देखि ४ गते सम्म सञ्चालन भएको तालिमको सहजिकरण प्लान ईन्टरनेशनल नेपालका शिक्षा सल्लाहाकार बेद प्रसाद डाँगीले गर्नु भएकाे थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij