Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरको कौवा वजारमा जनचेतना मुलक सडक नाटक प्रदर्शन

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    राजापुर नगरपालिका वडा नं. ५ को कौवा वजारमा वाल विवाह, लागुपदार्थ दुर्व्यसन तथा लैंगिक हिंसा विरुद्धको जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।


    ADVERTISEMENT

    images

    विमा रकम (8).jpg

    प्लान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘सशक्त वालिका परियोजना’ अन्तरगत राधाकृष्ण थारु जनसेवा केन्द्रले बुधवार सडक नाटक प्रदर्शन गरेको हो ।

    विमा रकम (9).jpg

    समुदायमा हुने वाल विवाहवाट उत्पन्नहुने समस्या तथा, लागुपदार्थ दुर्व्यसन तथा लैंगिक हिंसाका घटनाका वारेमा समुदाय लाई सचेतिकरण गर्ने उद्येश्यले नाटक प्रदर्शन गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर दिक्षा विष्टले बताउनु भयो ।

    विमा रकम (10).jpg

    बालविवाह भइसकेपछि आउने समस्या तथा लैङ्गिक हिंसा के कसरी हुन्छ र यसलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा नाटकको माध्यमबाट सन्देश दिन खोजिएको थियो । बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असर एवम बालविवाहको कारण बालबालिकाको आर्थिक, शैक्षिक र स्वास्थ्य सम्बन्धी दीर्घकालिन समस्याका वारेमा जानकारी गराई त्यसलाई रोकथाम गर्न समुदायलाईनै उत्प्रेरित गर्न नाटक प्रदर्शन गरिएको थियो ।

    विमा रकम (11).jpg

    वालविवाह वढी हुने अर्थात बालबालिका सम्बन्धी घटना बढी आउने समुदाय छनौट गरेर नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

    सडक नाटक प्रदर्शनले स्थानीयवासी र सरोकारवाला निकायहरूलाई जिम्मेवार र सचेत बनाउन ध्यानाकर्षण गरेको राजापुर नगरपालिकाका सामाजिक बिकास समितीका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष रमेश दहितले वताउनु भयो ।

    विमा रकम (12).jpg

    सडक नाटकमा स्थानिय जनप्रतिनिधी, समाजका बुद्धिजिवि, वडघर राजनैतिक दलका प्रतिनिधी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij