Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वडा स्तरिय वाल संरक्षण समितिलाई अभिमुखिकरण

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    गेरुवा गाउँपालिकामा बाल अधिकार तथा वाल संरक्षण सम्बन्धी सरोकारवालाहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    विमा रकम_20240415_132212_0000.jpg 

    सोमवार प्लान नेपाल इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र, बर्दियाको आयोजनमा वडा नं. ६ नारायणपुरमा कार्यक्रम सम्पन्न भएको हो । 

    विमा रकम_20240415_132045_0000.jpg

    वडा नं. ६ का वडा अध्यक्ष कृष्ण गोपाल चौधरीको समापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु, वडा स्तरिय वाल संरक्षण समितिका पदाधिकारीहरु र संचारकर्मी लगायत २५ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

    विमा रकम_20240415_131828_0000.jpg

    सहभागीहरूलाई बाल अधिकार, वाल संरक्षण, बालबालिका सम्बन्धी विद्यमान कानुनी प्रावधान र शिक्षा, स्वास्थ्य प्रजनन अधिकार तथा यौनिक तथा लैङ्गिक हिंसाको पहिचान, प्रकार र अवस्थाका एवम पालिका तथा वडा स्तरिय वाल संरक्षण समितिको गठन, काम, कर्तव्य र अधिकारका वारेमा अभिमुखिकरण तथा छलफल गराईएको थियो ।

    विमा रकम_20240415_132335_0000.jpg

    कार्यक्रमको सहजिकरण गेरुवा गाउँपालिका महिला वालवालिका तथा समाज कल्याण उपशाखा प्रमुख रमा पुन मगरले गर्नु भएको थियो भने सञ्चालन प्लान नेपाल इन्टरनेशनको सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र द्वारा सञ्चालित सशक्त वालिका परियोजनाको गेरुवा गाउँपालिका फिल्ड सुपरभाईजर शान्ती भट्टराईले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij