बर्दियाको गेरुवा गाउँपालिका –१ जनकनगरस्थित नव ज्योती पब्लिक स्कुलले आफ्नो स्थापनाको १६ औँ वार्षिक उत्सव मनाएको छ ।
विहीवार स्कुल परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, र स्कुलको वार्षिक परिक्षा एवम अतिरिक्त कृयाकलापमा उत्कृष्ठ स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण, तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको हो ।
स्कुलका प्रिन्सिपल रामनाथ शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १ की महिला वडा सदस्य बसन्ती वि. क. ले शिक्षा समाजको ऐना हो, जीवन जीउने आधार हो भन्दै स्कुलले शिक्षा क्षेत्रमा पु¥याएको अतुलनिय योगदानको प्रशंसा गरिन ।
बार्षिक उत्सव समारोहमा वोल्दे जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल बहादुर जि. सी.ले विद्यार्थी, अविभावक र शिक्षकको साझेदारीमा शैक्षिक गुणस्तरमा अभिबृद्धि हुने बताउँदै । संस्कारमा आधारित शिक्षाको बिजारोपण स्कुल सफल हुनेमा आफु विश्वस्त रहेको वताए ।
कार्यक्रममा वडा सदस्य शुक्रराज थारु, अभिभावक जम्तिराम जैसी लगायत स्कुलका विद्यार्थी समेतले मन्तव्य राखेका थिए ।
बार्षिक उत्सवकै अवसरपारेर विगत ४ वर्ष देखि स्कुलमा अध्यापन गर्दे आईरहनु भएकी शिक्षिका सिताकुमारी चौधरीलाई विदाई तथा सम्मान समेत गरिएको थियो ।
विद्यालयमा हाल ३ सय ६० जना विद्यार्थी रहेको तथा कक्षा ८ सम्म कक्षा सञ्चालन भईरहेको स्कुलका प्रिन्सिपल रामनाथ शर्माले जानकारी दिए ।