Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सिफारिस संयन्त्रको प्रभावकारी कार्यान्वयनकालागि गेरुवा गाउँपालिकामा अन्तरकृया

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    पालिका भित्ररहेका संस्था सेवा प्रदायक संस्थाहरुले दिने सेवाहरुको बेलावेलामा नक्साङ्कन र सम्पादन गर्दा सिफारिस संयन्त्र प्रभावकारी हुने एक कार्यक्रमका सहभागी हरुले वताएका छन् ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिकामा सिफारिस संयन्त्रको प्रभावकारी कार्यान्वयनकालागि पालिका स्तरिय अन्तरकृया कार्यक्रममा सहभागिहरुले गाउँपालिकामा कार्यरत संघ संस्थाहरुले गेरुवा गाउँपालिकाको लैगिंक हिंसा तथा आपतकालिन एंव जोखिम अवस्थामा रहेका बालबालिकाहरुको सम्बोधनका लागि सिफारिस प्रणाली सम्बन्धि निर्देशीका, २०७९ का वारेमा र त्यसमा रहेका प्रावधानहरुका वारेमा समुदाय स्तरमा जानकारी गराउन सके मात्र सिफारिस संयन्त्र प्रभावकारी हुने सहभागीहरुले वताए ।

    विमा रकम (3).jpg

    गेरुवा गाउँपालिकाको समन्वय, एक्सन एड नेपालको सहयोग र कमैया महिला जागरणा समाजको आयोजनामा आईतवार कार्यक्रम सम्पन्न भएको हो ।

    गाउँपालिकाबाट जारी सिफारिस प्रणाली सम्बन्धि निर्देशीका, २०७९ को कार्यान्वयनको अवस्था वारे जानकारी लिन र लैगिंक हिंसा तथा आपतकालिन एंव जोखिम अवस्थामा रहेका बालबालिकाहरुको सम्बोधनका लागि पलिकावाट भएका प्रयासका वारेमा जानकारी लिन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

    गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष जमान सिंह के. सी., ६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सम्वन्धित शाखाका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij