माइती नेपालको ३२औं स्थापना दिवसको अवसर पारेर माइती नेपाल गुलरिया को अगुवाईमा शनिवार सचेतना र्याली निकालिएको छ। भजनमण्डलीको टोली सहित निस्किएकाे र्यालीले जिल्ला प्रहरी कार्यालय गणेशमान चौक देखि पुरानो गाविस हुँदै पुनः गणेशमान चोकमा आएर कोणसभामा परिणत गरी कार्यक्रम सम्पन्न भएको छ।
फ्रि अ गर्ल र डाउन टु जिरोको सहयोग तथा माइती नेपालको आयोजनामा गरिएको कार्यक्रममा ।माइती नेपाल बर्दियाले बर्दियाको आठै वटा पालिकामा तथा मुख्यत सिमाक्षेत्रमा पर्ने ३ पालिका गुलरिया, मधुवन र बढैयाताल नगरपालिकामा परामर्श केन्द्रको स्थापना गरी गरी शंकांसपद अवस्थामा रहेका व्यक्ती हरुलाई सोधपुछ गर्ने , परामर्श दिने जस्ता काम गर्दै आएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोज रिमालले बताउनु भएको छ ।

र्याली कार्यक्रम लाई संवोधन गर्दै गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले वर्तमान अवस्थामा युवा पुस्ताहरू लागू औषध तथा कुलतमा फसिरहेको बताउँदै यसको रोकथाम तथा नियन्त्रणमा सबै सरोकार वालाहरुले ध्यान दिन जरुरी रहेको बताउनुभयो । ऱ्याली कार्यक्रममा प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय , सञ्चारकर्मीका साथै सरोकारवालाहरूको उपस्थिति रहेको थियो।