Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

छिमेक लघुवित्त मगरागाडी शाखाद्वारा बीमा दाबी रकम भुक्तानी

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    छिमेक लघुबित्त बित्तिय स‌ंस्था लिमिटेड शाखा कार्यालय मगरागाडीले मृतक सदस्यका घर परिवारलाई बिमा रकम भुक्तानी गरेको छ ।


    ADVERTISEMENT

    images

    संस्थाले बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा न २, जितपुर स्थायी वसोबास गर्दै आउनु भएको झिन्गिया थरुनिको श्रीमान हरिराम थारुको मृत्यू पश्चात श्रीमति थरुनीलाई बीमा बापतको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।

    ef2590e8-0a7a-4477-8b22-c5416e5433e3.jpeg

    झिन्गिया थरुनिले यस संस्थाबाट बाख्रा पालन व्यबसाय गर्न रु ४ लाख ५० हजार कर्जा लिएकोमा श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको ५०% दाबी भुक्तानी रु २ लाख २५ हजार साथै दाहसंस्कार बापत कर्जा को ५% रकम रु ११ हजार २ सय ५० गरि उपलब्ध गराएको मगरगाडी शाखा प्रबन्धक सन्तोष नेपालीले बताउनुभयो ।

    यस्तै बारबर्दिया नगरपालिका वडा न १०, सिमरहवाका मनकुमारी थारुले धानखेतीको लागि लिएको कर्जा रु ५ लाखको श्रीमान आशाराम थारुको मृत्यू पश्चात श्रीमति मनकुमारीलाई बीमा बापतको क्षतिपुर्ति रकम रु २ लाख ६२ हजार ५ सय उपलब्ध गराइएको छ । त्यसगरि वडा न २, पचघरुवा शोभा कुमारी थारुको तरकारि खेतिको लागि लिएको कर्जा २ लाखको स्वयम् सदस्यको मृत्यू पश्चात उनकोे श्रीमान बिनोद चौधरीलाई बीमा बापतको क्षतिपुर्ति रकम रु २ लाख उपलब्ध गराएको हो ।

    c384054f-a1b0-44c0-ab32-0e8bc6e2a917.jpeg

    संस्थाका बरिष्ठ अनुगमन प्रमुख सन्जयराज बिष्ट, शाखा प्रबन्धक सन्तोष नेपाली र इकाईका सम्पुर्ण सदस्य तथा गाउँका बडघर, अभिभावक सहितको उपस्थितमा घरमै पुगेर नगद हस्तान्तरण गरिएको हो । बिर्दिया जिल्लाको मगरगाडीमा विगत १० बर्ष देखी सञ्चालित यस छिमेक लघुवित्त वित्तिय संस्थाले आफ्ना ग्राहकवर्गहरुलाई ऋण, बचत तथा बिमाको सेवा ब्यवसाहिक सीप मुलक तालिम प्रदान गर्दै आईरहेको छ । सं

    स्थाले मगरगाडी शाखा अन्तर्गत लक्षित बर्ग लाई वित्तिय सेवा हाल ४ हजार जना सद्स्य लाई बित्तीय सेवा दिदै आएको छ । त्यस्तै श्रीमान गुमाउनुको पिडा त छदै छ यस्तो अवस्थामा कर्जा मिनाहा गरि क्रिया खर्च र समयमा बिमा बापतको रकम उपलब्ध गराई पिडामा मलम पट्टी संस्थाले लगाएको मनकुमारी थारुले बताउनु भयाे ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij