Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बदालपुर स्वास्थ्य चौकीमा वालवालिकाहरुका लागि ‘प्ले सेन्टर’को स्थापना

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिका वडा नं.५ स्थित बदालपुर स्वास्थ्य चौकीमा वालवालिकाहरुका लागि ‘प्ले सेन्टर’को स्थापना गरिएको छ ।
    प्लान नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र द्वारा सञ्चालित ‘शसक्त बालिका परियोजना’ अन्तरगत २ लाख ५० हजार रुपैयाँ खर्चेर ‘प्ले सेन्टर’को स्थापना गरिएको हो


    ADVERTISEMENT

    images

    Screenshot_20240405-143140.jpg

    ‘प्ले सेन्टर’ को उद्घाटन गर्दे राजापुर नगरपालिका सामाजिक बिकास समितीका संयोजक रमेश दहितले राजापुर नगरपालिकाले समुदायकोृ आवश्यकता विभिन्न सामाजिक संस्थाहरु संग सम्न्वय गरेर भएपनि पुरा गर्न खोजेको वताउँदै प्ले सेन्टरले वच्चाको मानसिक विकास गर्न मद्धतगर्ने भएकोले यसको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो ।

    Screenshot_20240405-142745.jpg

    नगरपालिका संग हातेमालो गर्दे भवनको डेन्टिङ्ग पेन्टिङ्ग र चित्रकोर्दा ५० हजार तथा ‘प्ले सेन्टर’ का लागि सामग्री खरिद गर्दा २ लाख गरि जम्मा २ लाख ५० हजार खर्च गरेर बदालपुर स्वास्थ्य चौकीमा नमुनाको रुपमा ‘प्ले सेन्टर’ सञ्चालन गरिएको वताउँदै शसक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेलले यसले वाल वालिकाको शारिरिक, मानसिक, सामाजिक विकास गर्नुका साथै बाल वालिकाको सम्वेदनाको विकास गर्न सघाउ पु¥याउने वताउनु भयो ।

    Screenshot_20240405-142624.jpg

    राधाकृष्ण थारु जासेववा केन्द्रले यसरी ‘प्ले सेन्टर’ स्थापना गरिदिएकोमा आफुहरु निकै गौरवान्वीत भएको वताउँदै बदालपुर स्वास्थ्य चौकी का ईन्चार्ज प्ले सेन्टरले बाल वालिकाको दिमाग वृद्धि विकासमा निकै सहयोग पुग्ने वताउनु भयो ।

    Screenshot_20240405-143103_1.jpg

    बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा शसक्त बालिका परियोजना सन् २०२३ जुलाई देखी संचालनमा रहेको छ । परियोजना जुन २०२५ सम्म संचालनमा रहने वताईएको छ ।

    Screenshot_20240405-143103_1.jpg

    Screenshot_20240405-142655.jpg

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij